दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू (अडियाेसहित) | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू (अडियाेसहित)


३ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : 6 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

आज दिनभर प्रमुख दलहरुले बन्दसूची बुझाए, पार्टीभित्र व्यक्तिवादी र गुटबन्दी चरित्र देखिए कारवाही गर्ने माधवकुमार नेपालको चेतावनी, डा. गोविन्द केसीको स्वास्थ्य जटिल बन्दै, नेपालमा डेङ्गीबाट ज्यान गुमाउनेको सङ्ख्या २० पुग्योलगायतका समाचारले प्रमुख स्थान पाए ।

यी हुन् आज दिनभरका मुख्य समाचारहरू:

अडियो सुन्नुहोस्-

प्रमुख दलहरुले बन्दसूची बुझाए

प्रमुख दलहरुले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनाव समानुपातिक तर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) लगायतका दलका प्रतिनिधिहरु आयोग पुगेर समानुपातिक तर्फको बन्दसूची बुझाएका हुन् । निर्वाचन आयोगले ÷बन्दसूची बुझाउन आइतबार र सोमबारको दिन तोकेको थियो । बन्दसूची असोज १६ गतेसम्म सच्याउन मिल्ने भएकाले बुझाइएको नाम नै अन्तिम भने नहुने आयोगले जनाएको छ । बन्दसूची बुझाउदै कांग्रेस महामन्त्री बिश्वप्रकाश शर्माले अव माहौल निर्वाचन मय भएको बताएका छन । उनले कांग्रेस नयाँ दृष्टिका साथ जनतामा जाने बताए ।त्यस्तै माओवादीका नेता बर्षमान पुनले सत्तागठबन्धनलाई कायम राखि निर्वाचनमा जाने प्रतिवद्धता जनाए । उनले नेपाल समाजावादी पार्टीलाई पनि माओवादीकै चूनाव चिन्हबाट निर्वाचन लड्ने र समानुपातीक सूचीमा पनि संगै रहेको जानकारी दिए । उनले सूचीमा यसअघि समानुपातीकमा परेका र स्थानीय तहमा निर्वाचनमा उठेकालाई पनि सूचीमा नरहेको बताए । आयोगका अनुसार प्रतिनिधि सभाको समानुपातिकका लागि ७६ दलको ६८ वटा निवेदन परेका छन् । निवेदन दिएका सबै दलले बन्दसूची बुझाएमा समानुपातिकका उम्मेदवार मात्रै झण्डै २० हजार हुने आयोगको अनुमान छ । मिश्रित निर्वाचन प्रणालीअनुसार प्रदेश र प्रतिनिधि सभामा ४० प्रतिशत सदस्य समानुपातिक प्रणालीमार्फत आउने व्यवस्था छ । यसअनुसार प्रतिनिधि सभामा १ सय १० र प्रदेश सभामा दुई सय २० सांसद समानुपातिकबाट छानिने आयोगले जानकारी दिएको छ । आयोगका अनुसार असोज ४ देखि ९ गतेसम्म दलले बुझाएको बन्दसूचीमा कमजोरी भएमा सच्याउन समय तोकिएको छ । आयोगबाट जानकारी पाएपछि १० देखि १६ गतेसम्म बन्दसूची संशोधन गरी बुझाइसक्नुपर्ने निर्वाचन कार्यक्रम छ ।

निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मङ्सिर ४ गते हुने निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन । आठौँ संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा मूल समारोह समितिले आज टुँडिखेलस्थितसैनिक मञ्चमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन । उनले निर्वाचनले मुलुकमा लोकतान्त्रिक विधिअनुसार शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरणलाई सुनिश्चित गर्ने धारणा पनि राखे । प्रधानमन्त्री देउवाले जनताको जीवनस्तरमा सुधार ल्याई मुलुकको स्वाधीनता र स्वाभिमानलाई संरक्षण र संवद्र्धन गर्न तथा समृद्धिको सपनालाई चाँडो पूरा गर्ने गरी काम गर्न आवश्यक रहेको उल्लेख गरे । उनले लोकतन्त्रमा सम्पूर्ण निर्णायक शक्ति सार्वभौम जनतामै रहने हुनाले राज्यका सबै तहका संरचनामा देशका सबै वर्ग तथा समुदायको समान पहुँच र सहभागिता सुनिश्चित हुने स्पष्ट गरे ।

धर्म संस्कृतिको संरक्षण गर्नु सबैको साझा दायित्व : संस्कृति पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री श्रेष्ठ

संस्कृति पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री जीनवराम श्रेष्ठले मुलुकको धर्म संस्कृतिको संरक्षण गर्नु सबैको साझा दायित्व भएको बताएका छन । ज्यापु समाज यलले सोमबार ललितपुरमा आयोजना गरेको कार्यक्रमपछि मन्त्री श्रेष्ठले कला संस्कृतिको संरक्षण नगरेसम्म मुलुकको बिकास नहुने बताए । उनले पर्यटन क्षेत्रको बिकासका लागि सरकारले अघि सारेको अवधारणापत्रलाई कार्यान्वयन गरेरै छाड्ने प्रतिवद्धता जनाए ।

छानबिन समितिको ‘कथित प्रतिवेदन’ : सुवास नेम्वाङ

नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले महाभियोग छानविनको प्रतिवेदनलाई ’कथित प्रतिवेदन’ को संज्ञा दिएका छन । सोमबार सिंहदरबारमा पत्रकार संग कुरा गर्दै नेम्वाङले कसैसंग छलफल नगरि एकलौटी ढंगले तयार गरिएको समितिको प्रतिवेदन ’कथित प्रतिवेदन’ भएको टिप्पणी गरे । निलम्वित प्रधानन्यायधिश चोलेन्द्र शम्शेर जबरामाथिको महाभियोगका क्रममा समितिका सवै सदस्यबीच प्रमाणको छलफल, बयानको छलफल हुनुपर्ने भएपनि त्यसो हुन नसकेको उनले बताए । त्यस्तै नेम्वाङले एउटा प्रतिनिधिसभाको कार्यकालमा तयार भएको प्रतिवेदन संसदको अर्को कार्यकालले निरन्तरता दिन नसक्ने स्पष्ट पारे ।

पार्टीभित्र व्यक्तिवादी र गुटबन्दी चरित्र देखिए कारवाही गर्ने माधवकुमार नेपालको चेतावनी

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टीभित्र व्यक्तिवादी चरित्र र गुटबन्दी देखिए कारवाही गर्ने चेतावनी दिएका छन । सोमबार पार्टी कार्यालय तीनकुनेमा आयोजित नेपाल मगर संघ (समाजवादी) को तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेभित्र केपी ओलीमा व्यक्तिबादी चरित्र देखापरेकै कारण आफुहरुले बिद्रोह गर्नुपरेको भन्दै एकीकृत समाजवादीमा कसैले व्यक्तिवादी चरित्र र गुटबन्दी देखिए कारवाही गर्ने चेतावनी दिएका हुन । उनले आफ्नो पार्टी पुरातनवादी पार्टी भन्दा भिन्न पार्टी भएको जिकिर गरे । उनले पार्टीलाई जिल्ला जिल्लामा बिस्तार गरि आउने निर्वाचनमा पार्टीलाई भारी मतले जित दिलाउने गरि तयारी गर्न निर्देशन दिए ।

डा. गोविन्द केसीको स्वास्थ्य जटिल बन्दै, सुविधा सम्पन्न अस्पतालमा लैजान सुझाव

चिकित्सा शिक्षा क्षेत्र सुधारको माग गर्दै अनशनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । स्वास्थ्य र चिकित्सा क्षेत्र सुधारसँग सम्बन्धित सात बुँदे माग गर्दै धनगढीमा अनशन बसिरहेका डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको सेती प्रादेशिक अस्पताल धनगढीले जनाएको छ । अस्पतालका अनुसार उहाँमा टाउको दुख्ने, रिँगटा लाग्ने, श्वास फेर्न गाह्रो हुने, पेट दुख्ने, शरीरका मांसपेशी सुक्नेजस्ता समस्या देखिएका छन् । उहाँमा अल्सर हुने सम्भावना बढ्दै गएको अस्पतालले जनाएको छ । गएको आठ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि सेती प्रादेशिक अस्पताल धनगढीले बहुविशेषज्ञ भएको विशिष्टिकृत अस्पतालमा स्थानान्तरण गर्न सुझाव दिएको छ । मांसपेशी सुक्दै गएको र अल्सर भइ रक्तश्रावको शङ्का भएको हुनाले ज्यानलाई थप अन्य जोखिम हुन सक्ने जटिलताहरू आउन सक्ने हुनाले थप उपचारका लागि बहुविशेषज्ञ भएको विशिष्टकृत अस्पतालमा स्थानान्तरणका लागि अस्पतालले सल्लाह दिएको छ ।
यसै बिच

डा. केसी र स्वास्थ्य मन्त्रालयका प्रतिनिधिबीचको अनौपचारिक वार्ता सकियो

स्वास्थ्य शिक्षा क्षेत्रको सुधारको माग गर्दौ २०औं पटक अनसन बसिरहेका डा. गोविन्द केसी र स्वास्थ्य मन्त्रालयका प्रतिनिधिबीचको अनौपचारिक वार्ता सकिएको छ । वार्तामा स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल र एक जना उपसचिव सहभागी थिए । वार्तामा स्वास्थ्य मन्त्रालयसँग सम्बन्धित मागका विषयमा छलफल भएको डा. केसीको तर्फबाट वार्तामा सहभागी प्रितम सुवेदीले जनाएका छन् । वार्ता फेरी भोली (मंगलबार) विहान १० बजे बस्ने गरी टुङ्गीएको उनले बताए ।

राणालाई प्रधानन्यायाधीशकै हैसियतमा शीतल निवासमा राष्ट्रपतिको निम्ता

चोलेन्द्रशमशेर जबरालाई प्रधानन्यायाधीशकै हैसियतमा राष्ट्रपति विद्यादेवी भण्डारीले निम्ता पठाएकी छन् । राणाको हैसियतका बिषयमा प्रश्न उठिरहेका बेला राष्ट्रपति भण्डारीको यो कदमले सबैलाई चकित पारेको छ। चोलेन्द्रशमशेर राणाको हैसियतलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीबीच फरक मत देखिएको छ।प्रधानमन्त्री शेरबहादुर देउवाले चोलेन्द्रशमशेर राणा निलम्बित अवस्थामै रहेको भन्दै उनलाई सर्वोच्च अदालत जान रोक लगाएका बेला राष्ट्रपति भण्डारीले भने उनलाई प्रधानन्यायाधीशकै हैसियतमा संविधान दिवसको कार्यक्रममा निम्ता गरेकी छन् । राष्ट्रपति भण्डारीले संविधान दिवसका अवसरमा सोमबार शीतल निवासस्थित राष्ट्रपति भवनमा आयोजना हुने कार्यक्रममा राणालाई प्रधानन्यायाधीशका हैसियतमा निम्ता गरेकी हुन् । राणामाथिको महाअभियोग सिफारिस संसद्को कार्यकाल सकिएका कारण अलपत्र परेका बेला राष्ट्रपति भण्डारीले संविधान दिवसको कार्यक्रममा राणालाई प्रधान न्यायाधीशकै हैसियतमा निमन्त्रणा पठाएकी हुन्। उता सरकारले भने राणाका सबै सरकारी गाडीका सुविधासहित सेनालगायत सुरक्षाकर्मी फिर्ता लगिसकेको छ ।

नेपालमा डेङ्गीबाट ज्यान गुमाउनेको सङ्ख्या २० पुग्यो

नेपालमा डेङ्गी सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या २० जना पुगेको छ । देशका विभिन्न ठाउँमा गरी डेङ्गी सङ्क्रमणबाट २० जनाको ज्यान गएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण माहाशाखा अन्तर्गत किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालले जानकारी दिए । यस्तै अहिलेसम्म १६ हजार पाँच सय ८७ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भइसकेको छ । अहिलेसम्मको तथ्याङ्कअनुसार सबैभन्दा धेरै ललितपुरमा चार हजार ६ सय चार जनामा सङ्क्रमण पुष्टि भएको छ । काठमाण्डौमा चार हजार चार सय ५४ र भक्तपुरमा सात सय १३ जना गरी काठमाण्डौ उपत्यकामा डेङ्गी सङ्क्रमितको सङ्ख्या नौ हजार सात सय ७१ पुगेको छ । उपत्यकाबाहिर मकवानपुरमा सबैभन्दा धेरै एक हजार पाँच सय ९७जनामा सङ्क्रमण देखिएको छ । दाङमा नौ सय ९४, रुपन्देहीमा ६ सय ५९, चितवनमा चार सय १०, गुल्मीमा दुई सय ९२, दार्चुलामा एक सय ८८ र काभ्रेमा एक सय ५२ जनामा सङ्क्रमण देखिएको छ । अरू जिल्लामा सङ्क्रमितको सङ्ख्या एक सयभन्दा कम रहेको महाशाखाको तथ्याङ्क छ । डेङ्गीबाट जोगिन लामखुट्टेको टोकाइबाट बच्नुपर्ने विज्ञहरूको सुझाव छ ।

कोरोना अपडेट

नेपालमा थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ४ सय ८८ पिसिआर परिक्षणका क्रममा ७५ जना जना र १ हजार ४ सय ३६ एन्टीजेन परिक्षणका क्रममा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरानोका कारण सोमबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १ सय ६५ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा १ हजार ७ सय ४० सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

सरकारको भण्डाफोर गर्ने अनेरास्ववियुको निर्णय

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले वर्तमान सरकारले जनतामाथि दमन, अत्याचार र शोषण गरेको भन्दै भण्डाफोर गर्ने निर्णय गरेको छ । असोज १ र २ गते काठमाडौंमा सम्पन्न अनेरास्ववियुको तेस्रो निति तथा विधान महाधिवेशनले गरेका निर्णय सार्वजनिक गर्न सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अनेरास्ववियुले विश्वबिद्यालयमा राज्य समर्थित गुण्डागर्दी भएको भन्दै यसको समेत भण्डाफोर गर्ने जनाएको छ । त्यस्तै सार्वजनिक शिक्षाको गुणस्तर बढाउन दवावमूलक। रचनात्मक आन्दोलन गर्ने र महङ्गी, कालाबजारी, भ्रष्टचार बिरुद्ध आन्दोलन गर्ने निर्णय पनि संगठनले गरेको छ ।

बर्दियामा करेन्ट लागेर दुई जनाको मृत्यु

बर्दिया नगरपालिका–८ दुधा बस्ने ३३ वर्षीय सनिराम थारुको करेन्ट लागेर आइतबार मृत्यु भएको छ । आफ्नै घरमा मन्दिर बनाउने क्रममा विद्युतको तारबाट करेन्ट लागेर अशक्त भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । यसैगरी, बर्दियाको गुलरिया नगरपालिका–९ मथुरा बस्ने इस्तियाक धोबीकी छोरी ९ वर्षीया खुस्बु धोबीको करेन्ट लागेर आइतबार मृत्यु भएको छ । आफ्नै घरमा खेल्ने क्रममा करेन्ट लागेर अशक्त भएकी उनको उपचारको लागि बर्दिया अस्पताल गुलरियातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

१५ हजार यात्रुले टिकट लिए

दसैँ, तिहार तथा छठ पर्व मनाउन घर जानका लागि नयाँ बसपार्कबाट १५ हजार यात्रुले अग्रिम बस टिकट लिएका छन् । यही असोज १ गतेदेखि टिकट बुकिङ खुला गरिएकामा दुई दिनमा १५ हजार यात्रुले अग्रिम टिकट लिएको नयाँ बसपार्क सञ्चालनको जिम्मा लिएको ल्होत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्लले जानकारी दिए । जसमध्ये शनिबार सात हजार रआइतबार आठ हजार यात्रुले अग्रिम टिकट लिएका हुन् ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले दसैँ मान्न घर जाने यात्रुलाई ध्यानमा राखेर यातायातको राम्रो व्यवस्था मिलाएको बताउनुभयो । दसैँमा २० लाखभन्दा बढी यात्रु प्रत्येक वर्ष उपत्यकाबाट बाहिरिने गरेका छन् ।

कमलपोखरी क्षेत्रमा टुकुचा उत्खनन् सुरु

काठमाडौं महानगरपालिकाको नगरप्रहरी टोलीले कमलपोखरी क्षेत्रमा टुकुचा उत्खनन् सुरु गरेको छ । सम्भावित क्षेत्र पहिचान गर्दै सो ठाउँमा डोजर चलाएर उत्खनन् सुरु गरेको हो । महानगरपालिकाको डोजर सहितको टोलीले आज हात्तीसार–कमलपोखरी क्षेत्रमा पुगेर उत्खनन् जारी राखेको हो । महानगरले यसअघि जय नेपाल हल र कमलादीस्थित लक्ष्मी बैंक नजिक क्षेत्रमा उत्खनन् गर्दा टुकुचा भेट्टाएको थियो । चार मिटर कायम गर्नेगरी टुकुचाको व्यवस्थापन गर्ने महानगरको योजना छ । टुकुचा खोलामाथि बनेका केही घर तत्काल नभत्काउन भनी उच्च अदालत पाटनले हिजो अल्पकालीन अन्तरिम आदेश जारी गरे पनि,महानगरले अदालतको स्टे अर्डरको समय नसकिँदासम्म खाली भागमा मात्रै टुकुचा खोतल्ने जनाएको छ ।

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी) ले ३१ भदौमा सार्वजनिक गरेको नयाँ ब्याजदरलाई पुनः परिवर्तन गरी प्रकाशन गरेको छ । बैंकले उक्त दिन सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दती खाताअन्तर्गतको एनसीसी सुगम सिल्भर मुद्दती खातामा १५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको थियो । बैंकले आज पुनः प्रकाशन गरेको ब्याजदरमा उक्त खाताको ब्याजदर घटाएर १२.१३ प्रतिशत कायम गरेको छ ।साथै, बैंकले वचत खाताअन्तर्गतका खाताहरूको ब्याजदर र अन्य खाताको ब्याजदर भने यथावत् नै राखेको छ । जसमा वचत खाताअन्तर्गत न्यूनतम ७.१३ प्रतिशतदेखि अधिकतम १०.१३ प्रतिशत ब्याजर रहेको छ ।परिमार्जनपछि मुद्दती खाताअन्तर्गत न्यूनतम १०.१३ प्रतिशतदेखि अधिकतम १२.१३ प्रतिशत ब्याजदर रहेको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ९ : १० बजे

पश्चिम नेपालमा भारी वर्षाको सम्भावना, सावधानी अपनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न जिल्लाहरूमा भारीदेखि अति

प्रधानमन्त्रीलाई सम्बोधन गर्दै समीक्षाले भनिन् : महेश बस्नेतले मेरो चरित्र हत्या गरे

काठमाडौं – गायिका समीक्षा अधिकारीले नेकपा(एमाले)का नेता महेश बस्नेतले आफ्नो

एक सातामा ८८ हजारभन्दा बढी अफगानी इरानबाट स्वदेश फिर्ता

काबुल – अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम)लाई उद्धृत गर्दै खामा प्रेसले

मुलुकले जबजका सिद्धान्त पालना गरिरहेको छः महासचिव पोखरेल

गण्डकी – नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शङ्कर पोखरेलले मुलुक

कमल थापाले भने : राजा फर्काउने आन्दोलन पुनः सुरु हुन्छ

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले