एएफसी एसियन कप फुटबल कतारमा हुने | Khabarhub Khabarhub

एएफसी एसियन कप फुटबल कतारमा हुने


२ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एएफसी एसियन कप फुटबल आयोजनाको अधिकार कतारले पाएको छ । कतार एसिया कपको साविक च्याम्पियनसमेत हो ।

कतारले सन् २०२३ को एसिया कपको आयोजना गर्ने अवसर पाएको हो । योसँगै कतारले आठ महिनाको अन्तरमा दुई ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने निश्चित भएको हो।

यही मंसिर महिनामा कतारमा फिफा विश्वकप हुँदैछ । चीनले प्रतियोगिता आयोजना गर्न नसक्ने बताएपछि यो अवसर कतारले पाएको हो । कोभिड–१९ संक्रमणको बढ्दो क्रमसँगै चीनले प्रतियोगिता आयोजना गर्न नसक्ने बताएको थियो । १८ औं संस्करणको एसिया कपमा २४ राष्ट्रको सहभागीता रहनेछ ।

यो प्रतियोगिता जुन १६ देखी १६ जुलाई २०२३ सम्म हुनेछ ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ६ : ४० बजे

डा. गोविन्द केसी २२औं आमरण अनशनमा, यो पटक प्रधानमन्त्रीको राजीनामा माग

काठमाडौं – हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले २२औं आमरण अनशन

घलेगाउँ र भुजुङ जोड्ने सडक कालोपत्र

गण्डकी– गण्डकी प्रदेश सरकारको लगानीमा लमजुङको क्व्होलासोथार गाउँपालिकास्थित पर्यटकीय घलेगाउँ

मुलुक समृद्धिका लागि प्राकृतिक स्रोत साधनको उपयोग आवश्यक : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले मुलुकमा भएको परिवर्तनको रक्षाका लागि

अफगानिस्तानमा भीषण बाढी, ८० भन्दा बढीको मृत्यु

एजेन्सी – लगातार वर्षापछि चलेको भीषण बाढीबाट अफगानिस्तानमा जनजीवन नराम्ररी

संयुक्त राष्ट्रसङ्घद्वारा प्यालेस्टिनी सदस्यताको पक्षमा मतदान

काठमाडौं– संयुक्त राष्ट्रसङ्घीय महासभाले शुक्रबार प्यालेस्टिनीहरूलाई विश्वव्यापी निकायमा थप अधिकार