बालिका हत्यापछि बहसमा फ्रान्सको आप्रवासी कानुन | Khabarhub Khabarhub

बालिका हत्यापछि बहसमा फ्रान्सको आप्रवासी कानुन


२ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

पेरिस एक शान्त युरोपेली सहर। यसका आफ्नै विशेषता छन्। शान्ति र समृद्धि त्यहाँका थप विशेषता हुन्। त्यसै शान्त सहर पेरिसको छविमाथि नै धावा बोल्ने एक घटना त्यहाँ भएको छ। गाउँले परिवेशको एक विद्यालयमा १२ वर्षीया छात्राको मृत शरीर अहिले त्यहाँको समाचारको मुख्य विषय बनेको छ।

लोला नाम गरेकी ती बालिकाले अन्य दिन झैँ विद्यालयमा शान्त वातावरण बिताएकी थिइन्। बेलुका घर नआएपछि उनका बाबुले यसका बारे चासो लिएर खोजी गरेका थिए। यसरी खोजी गर्दा एक स्थानमा प्लास्टिकको बाकसमा लास भेटिएको थियो। मृत बालीका लोलाको बाबु एक होटेलमा द्वारपालको रूपमा काम गर्छन्।

ती बालिकाको हात र गोडा बाँधिएको थियो। उनको घाँटीमा चोट लागेको थियो। निसास्सिएर उनको मृत्यु भएको प्रस्ट भएको छ। उनको गोडामा दुई साङ्केतिक अक्षर लेखिएका थिए। पहिलो अक्षर ओ लेखिएको थियो र दोस्रो आई लेखिएको थियो।

प्रहरीले शनिबार नै हत्याको आरोपमा एक अल्जेरियाली मूलकी महिलालाई गिरफ्तार गरेको छ। आदबीया बी नामकी ती महिलालाई गिरफ्तार गरिएको जनाइएको छ। अपार्टमेन्टल भवनको नितान्त निजी भिडियो लिक भएपछि ती महिलालाई गिरफ्तार गर्ने आधार तयार भएको थियो। शुक्रबार साँझ ती महिला त्यो अपार्टमेन्टमा लोलाको कोठामा गएको दृश्यको आधारमा यो निर्णय भएको हो।

पछि ती महिलाले भवनमा कन्टेनर तानी रहेको तथा बाहिर अस्तव्यस्त तथा अत्तालिएको शैलीमा हिँडेको देखिएको छ। ग्रामीण क्षेत्रमा मानव बेच बिखन बढ्दै गएको तथा देह व्यापारको जस्तो आशयको कुरासहित तीनले पैसा माग्दै हिँडेको पनि देखिएको छ।

प्रहरीले अहिले यसलाई गम्भीरतापूर्वक नलिएको आरोपसमेत लाग्न थालेको छ। प्रहरीको विचारमा उनको मानसिक सन्तुलन ठिक नभएको कारण यो सबै भएको छ।

यसै हत्यामा संलग्न भएको आरोपमा अर्का एक ४३ वर्षीय पुरुष पनि हिरासतमा छन्। कारमा ती महिलालाई कन्टेनर राख्न सहयोग गरेको आरोपमा ती पुरुषलाई गिरफ्तार गरिएको हो। डबहीया त्यसपछि आफ्नो अपार्टमेन्टमा आएकी थिइन्। जहाँ उनी आफ्नै बहिनीसँग बसोबास गर्दै आएकी थिइन्।

त्यहाँ दुई दिदी बहिनी एक आपसमा खासखुस गरेर फर्केका थिए। त्यो समय कन्टेनर भन्दा बाहेक थियो। त्यहाँ उनको बहिनी पनि बसोबास गरेकी छन्। प्रहरीले अहिले अर्को एक १५ वर्षीया बालिकाको हत्याको पनि छानबिन गरिरहेको छ।

डालबीया बिलाइ न्यायिक छानबिन अन्तरगत कस्टडीमा राख्न भनिएको छ। लोलोको विद्यालयमा सोमबार धेरै जना बालबच्चा डराएर बसेका थिए। त्यस विद्यालय शिक्षा मन्त्री पाप नादीया र पेरिसका मेयर हाने हिडाल्गोले भ्रमण गरेका थिए। मनोवैज्ञानिक समूहले उनीहरूलाई आरक्षण स्थलमा लगेको थियो।

‘मेरो बच्ची रात भर रोएकी छिन्। तिनी राम्रोसँग निदाएकी पनि छैनन् ’ दुई बच्चाका बाबु गस्मीले पर्सीना पत्रिकालाई भने, ‘अहिले हामी छिमेकका कोहीलाई पनि विश्वास गर्न सक्दैनौ। म मेरो बच्चाहरूको कारणले धेरै नै त्रसित छौं।’

‘यसले मलाई माथिल्लो स्थानमा लगेको हो। एक महिलाले पत्रिकासँगको कुराकानीमा भनिन्, ‘यो बिहान म छोरासँग विद्यालयसम्म गएँ। उ सुरक्षित भएको पक्का नभएसम्म मैले उसलाई छाडिन। म प्रत्येक दिन आधा घण्टा लगाएर उसलाई विद्यालयमा लैजाने गरेको छु। साथमा त्यत्ति नै समय लगाएर फर्कने गरेको छु। यसो गर्दा दैनिक मेरो चार घण्टा लाग्ने गरेको छ। यो त्यत्ति व्यवहारिक होइन’, आफ्नो छोराहरूका बारे चिन्तित एक बाबुले भने।

यस घटनामा अहिले फ्रान्सको प्रबुद्ध व्यक्तिमा समेत चिन्ता देखिन थालेको छ। फ्रान्सेली राष्ट्रपति ब्रिगेट म्याक्रन यो घृणित र स्वीकार गर्न नसकिने दुर्घटना भएको विचार व्यक्त गर्छिन्। प्रहरीले थालेको छानबिन अनुसार ती बालिका मारिनु अघि बलात्कृत पनि भएको हुनसक्छ। यसै आधारमा थप दुई जनालाई पनि सन्देहको घेरामा राखिएको छ। उनीहरूलाई यातना दिइएको अनुमान पनि प्रहरीको छ।

यस घटनापछि फ्रान्सको वातावरणमा नै तनाव थपिएको छ। यसपछि आप्रबासीहरुलाई कडाइ गरिएको छ भने अध्यागमनको कानुन पनि कडा बनाइएको छ। फ्रान्सको आधिकारिक निकायको जानकारी अनुसार अहिले ती महिलाको कारण धेरै जनामा चिन्ता थपिएको छ। १२ वर्षीय बच्चामाथि भएको यो हकर्तलाई धेरैले पाशविक घटनाको रूपमा हेरेका छन्।

फ्रान्सका राष्ट्रपति एमानुएल म्याक्रोनले पनि बच्चाका अभिभावकलाई भेटेका छ। यस्तो दुर्घटना हुनु हुँदैन थियो। यस्ता हत्यारालाई फ्रान्सका राख्न हुँदैन थियो। कन्जरभेटिभ र रिपब्लिक दुवैखाले विधायकहरू यस कुरामा एकमत हुन थालेका छन्।

‘अहिले थुप्रै आप्रवासी यस्ता हत्या घटनामा संलग्न भएको पाइएको छ। कसैलाई पनि उनीहरूको देशमा भने पठाइएको छैन’, फ्रान्सको दक्षिण पन्थी नेता मारिन लेन भनेका छन्।
फ्रान्समा यस किसिमको घटना पछिल्लो समय बढ्दो चिन्ताको विषय भएको छ। अहिले बालबालिका माथिको यो ज्यादतीको चिन्ता त छदै छ। विगतमा पनि पेरिस नरसंहारको रूपमा एउटा दुर्घटना भएको थियो।

सन् २०१५ मा त फ्रान्समा अझ भयङ्कर ठूलो दुर्घटना भएको थियो। त्यसै दुर्घटनापछि फ्रान्समा आप्रवासीको बारे कडा कानुन आउन जरुरी भन्दै आवाज उठेको थियो। संसारका धेरै देशमा यसरी विभिन्न समयमा त्यहाँ बसोबास गर्ने आप्रवासीको गलत गतिविधिका कारण अध्यागमन कानुन र आप्रवासी कानुनमा कडाइँको आवाज उठ्दै आएका छन्।

अहिले पनि अमेरिकाको धेरै राज्यले आप्रवासी कानुनका बारे भिन्ना भिन्नै निर्णय गर्ने गरेका छन्। अमेरिकामा एक पटक आश्चर्यजनक निर्णय भएको थियो। एक महिना हत्याको आरोपमा जेल चलान भएकी थिइन्। पछि सो निर्णयलाई उल्ट्यादै महिलालाई निर्दोष साबित त गरेको थियो। तर, यसका बाबजुद ती महिलालाई मेक्सिकोमा नै डिपोट गरिएको थियो।
फ्रान्सको हकमा भने अवस्था फरक हो। अमेरिका जस्तो फ्रान्स नै संसारका धेरै जनाले सपना बनाउने गरेका भने छैनन्। तथापि ती देशका अन्य देशका आप्रवासी र अन्य मूलका धेरै जना छन्। सन् २०१८ मा ६५ लाख आप्रवासी फ्रान्समा बसोबास गर्दै आएका छन्। त्यो जनसङ्ख्या फ्रान्सको कुल जनसंख्याको ९.७ प्रतिशत हो। ती मध्य ४१ लाख अझै अन्य देशको भएको तथा २४ लाखले फ्रान्सको नागरिकता लिइसकेको जनाइन्छ।

कुनै समय स्पेन र इटालीमा जन्मिएर फ्रान्स आउने आप्रवासीको मात्र बढी थियो। ती पुराना पुस्ताका व्यक्तिको बुढ्यौलीपछि ती देशका आप्रवासीको मात्रा घटिरहेको छ।

पछिल्लो समय उत्तर अफ्रिकाका देश र अन्य धेरै गरिब देशका व्यक्तिको फ्रान्स जाने क्रम भने बढ्दो छ। यी मध्य सन् २०१८ को तथ्यांक अनुसार सबै भन्दा धेरै सङ्ख्या अल्जेरियाको थियो। यो सङ्ख्या १३ प्रतिशत थियो। ११.९ प्रतिशत आप्रवासी मोरक्को तथा ९.२ प्रतिशत आप्रवासी पोर्चुगलको रहेको पाइएको छ।

पोर्चुगलको ९.२ तथा ट्युनेसीयाको ४.४ प्रतिशत आप्रवासी हिस्सा ओगट्ने गरेका थिए। इटालीका ४.३ प्रतिशत, टर्कीको ३.८ प्रतिशत र स्पेनको ३.७ प्रतिशत हिस्सा आप्रवासी फ्रान्समा रहेका छन्। अल्जेरिया छिमेकी मात्र होइन, विगतमा फ्रान्सकै उपनिवेश भएका कारण अल्जेरियाका आप्रवासीको सङ्ख्या फ्रान्समा धेरै छ। अहिले यो घटनाका कारण हुनसक्ने कडाइका कारण सबै आप्रवासीमा समस्या भने हुन सक्नेछ।
स्रोत : बीबीसी, रोयटर्स, एएफपी

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ९ : ०५ बजे

भारत र यूएईबीचको व्यापार लक्ष्य निर्धारित समय अगावै पूरा हुने

काठमाडौं – भारत र संयुक्त अरब इमिरेट्स (यूएई) बीचकोव्यापार लक्ष्य

कालो बजारी नियन्त्रण गर्न एमालेको माग

काठमाडौं – नेकपा (एमाले)ले चाडपर्वमा हुनसक्ने कालो बजारी नियन्त्रण गर्न

मोदी र जेलेन्स्कीबीच एक महिनामा दोस्रोपटक भेटवार्ता

काठमाडौं – झण्डै एक महिनाको अवधिमा भारतीय प्रधानमन्त्रीनरेन्द्र मोदीले युक्रेनका

एमाले नेतृ सुनिता बराल भन्छिन्- प्रविधिको दुरुपयोग गरेर चरित्र हत्या गरियो

काठमाडौं- नेकपा एमालेकी सचेतक सुनिता बरालले प्रविधिको दुरुपयोग गरेर आफ्नो

प्रधानसेनापतिद्वारा शान्ति सैनिकबारेमा जानकारी

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति