म्यानमारबाट भागेर बैंकक पुगेका ३७ नेपालीलाई काठमाडौं फर्काइयो  « Khabarhub

म्यानमारबाट भागेर बैंकक पुगेका ३७ नेपालीलाई काठमाडौं फर्काइयो 


४ मंसिर २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

बैंकक– नेपाली राजदूतावासले म्यानमारबाट भागेर थाइल्याण्ड पुगेका ३७ नेपालीको उद्धार गरी बिहीबार नेपाल फर्काएको छ ।

नेपाल एयरलाइन्सको उडान आरए४०२ जहाजमार्फत् फर्काइएका उनीहरू आकर्षक रोजगारीको नाममा म्यानमार पुगेका थिए । 

उनीहरूलाई त्यहाँ अवैध रूपमा सञ्चालन भएका विभिन्न अनलाइन स्क्याम केन्द्रहरूमा डेटिङ, क्यासिनो, गेमिङ, फिसिङ र क्रिप्टो ठगीजस्ता काममा लगाइएको थियो । 

गत महिना अक्टोबर १९ मामा म्यानमारका सुरक्षाकर्मीले स्क्याम केन्द्रमा छापा हानेपछि उनीहरू थाइल्याण्ड भागेर पुगेका थिए ।

राजदूतावासका अनुसार म्यानमारको म्यावडीमा रहेका थप २३ जना, थाइल्याण्डको मेसोटमा रहेका २ जना र कम्बोडियामा रहेका ४ नेपालीलाई पनि चाँडै फर्काउने प्रयास भइरहेको छ ।

राजदूतावासले वैदेशिक रोजगारीमा जान चाहने नेपालीलाई सरकारले तोकेको प्रक्रिया पूरा गरी मात्रै बिदेसिन फेरि आग्रह गरेको छ । 

कम्बोडिया, लाओस, म्यानमार, थाइल्याण्डजस्ता देशमा भ्रमणको बहानामा अनधिकृत रोजगारीमा नजान भनेको छ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहिबार  २ : ०६ बजे

दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)लाई

पक्राउ परेका सबै पत्रकार रिहा

काठमाडौं – समाचार कक्षबाट पक्राउ परेका सबै पत्रकार रिहा भएका

कतारको प्रतिनिधिमण्डल वार्ताका लागि तेहरानमा

तेहरान – मध्यपूर्वको युद्ध अन्त्यका लागि वार्ता गर्न कतारको एक

नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेनको कडा निर्देशन

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई पक्राउ गरिएको घटनाप्रति प्रधानमन्त्रीको कार्यालयले