कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु  « Khabarhub

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु 


२ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – कञ्चनपुरको बेलौरी नगरपालिका–५ मैनाहामा गाडामा मोटरसाइकल ठोकिदा चालकको मृत्यु भएको छ। दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्।

मृत्यु हुनेमा मोटरसाइकल चालक कञ्चनपुरकै लालझण्डी गाउँपालिका–३ का ३० वर्षीय रमेश राना रहेका छन्। गम्भीर घाइते भएका रानाको उपचारका क्रममा इशान मेमोरियल अस्पताल बेलौरीमा मृत्यु भएको हो। गम्भीर घाइते भएका मोटरसाइकलमा पछाडि सवार एक जनालाई उपचारका लागि धनगढी लगिएको छ।

बेलौरीबाट लालझण्डीतर्फ जाँदै गरेको सुदूर पश्चिम प्रदेश ०१–०११ प २४३२ नम्बरको मोटरसाइकल हिजो बेलुकी ७ बजे विपरीत दिशाबाट आउँदै गरेको गाडामा ठोकिएको इलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरले जनाएको छ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  १२ : ३९ बजे

यी प्रदेशमा ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

विश्वकप लिग-२: नेदरल्यान्ड्सको लगातार दोस्रो जित, नामिबिया ५८ रनले पराजित

काठमाडौँ – अलराउन्डर बास डि लिडेको उत्कृष्ट ९७ रनको मद्दत

लगातार तेस्रो वर्ष एमएलएस अल-स्टार गेम गुमाउँदै मेसी

मियामी – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसी र रोड्रिगो डि

कक्रोच विद्रोह: घुँडा टेक्न बाध्य भयो मोदी सरकार

नयाँ दिल्ली – चिकित्सा शास्त्रको स्नातक तह प्रवेश परीक्षाको प्रश्नपत्र

आजको विनिमय दर : अमेरिकी डलर कतिमा कारोबार भइरहेको छ ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर