दैलेखी युथ कप प्रतियोगिता सुरु « Khabarhub

दैलेखी युथ कप प्रतियोगिता सुरु


२ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

दैलेख– स्वास्थ्यका लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने मूल नारासहित दैलेखमा दैलेखी युथ कप खेलकुद प्रतियोगिताको आयोजना गरिएको छ । लामो समयदेखि खेलकुद महोत्सव सञ्चालन गर्दै आएको दैलेखी युथले यसपटक जिल्लास्तरीय खुल्ला दैलेखी युथकप फुटसल र ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरेको हो ।

४ कात्तिकसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका दशवटा फुटसल समूहहरू प्रतिस्पर्धामा सहभागी छन् । ब्याडमिन्टनतर्फ दुई दर्जन सेट सहभागी हुने प्रतियोगिताको संयोजक मनोज भण्डारीले बताए । फुटसलका खेलहरू स्थानीय खुला मञ्च टुँडिखेलमा सञ्चालन भएको छ । व्याटमिन्टन तर्फका खेलहरू कभर्डहलमा सञ्चालन हुने आयोजकले जनाएको छ ।

फुटसलतर्फ प्रथम हुनेले ३० हजार र दोस्रो हुनेले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै ब्याडमिन्टनतर्फ प्रथम पुरस्कार १५ हजार र दोस्रो हुनेले सात हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

प्रतियोगिताका लागि नारायण नगरपालिका-१ वडा कार्यालयले मुख्य प्रायोजन गरेको छ भने सहप्रायोजन चामुण्डाबिन्द्रासैनी नगरपालिका र प्रायोजन तरुण मिडिया प्रालिको छ । 

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  १ : ३० बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको