सेयर बजार नेप्सेमा दोहोरो अंकको गिरावट  « Khabarhub

सेयर बजार नेप्सेमा दोहोरो अंकको गिरावट 


२ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सेयर बजार परिसूचक बुधबार दोहोरो अंकले घटेको छ । नेप्से १२.८१ अंकले घटेर एक हजार आठ सय ४५.५१ विन्दुमा झरेको छ ।

आज होटल र म्युचुअल फन्डबाहेक सबै समूहको सेयर घटेको छ । दुई सय १६ वटा कम्पनीको २१ लाख ५१ हजार कित्ता सेयर ६४ करोड ३६ लाख रुपैयाँमा कारोबार भएको छ। सबैभन्दा धेरै सोल्टी होटलको तीन करोड ७२ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

आज सबैभन्दा धेरै पिपुल्स पावर कम्पनीको सेयर साढे ६ प्रतिशत र साम्लिङ पावर कम्पनीको सेयर ६ प्रतिशतले घटेको छ। समग्रमा बजार घटे पनि अभियान लघुवित्त र सयपत्री हाइड्रोको सेयर १० प्रतिशतले बढेको छ । 

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ३ : ५४ बजे

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै

ब्राजिलमा लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा हुने राष्ट्रपतीय चुनावका लागि मतदान

काठमाडौं – ब्राजिलका जनता आइतबार राष्ट्रपति चयनका लागि भएको चुनावमा

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशनमा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति