जापोरिज्जिया आणविक प्लान्टका ‘करिब ५० कर्मचारी‘ रूसको नियन्त्रणमा | Khabarhub Khabarhub

जापोरिज्जिया आणविक प्लान्टका ‘करिब ५० कर्मचारी‘ रूसको नियन्त्रणमा


२ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युक्रेनको सरकारी आणविक संस्था इनर्गोेएटमका प्रमुखले दक्षिणी युक्रेनको रुसी कब्जामा रहेको जापोरिज्जिया आणविक ऊर्जा केन्द्रका करिब ५० जना कर्मचारीलाई रुसी बन्दीगृहमा राखिएको बताएका छन् ।

प्रमुख पेट्रो कोटिनले एएफपीसँग भने, “फब्रुअरीको अन्त्यमा रुसी आक्रमण सुरु भएदेखि प्लान्टका कर्मचारीबाट १५० भन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको छ, तीमध्ये केहीलाई पछि रिहा गरिएको थियो, तर केही व्यक्तिहरूको अवस्था अज्ञात छ ।”

उनले भने, “करिब ५० जना प्लान्टका कर्मचारी अझै पनि थुनामा छन् ।”

कोटिनले एएफपीलाई दिएको अन्तर्वार्तामा भने, “उनीहरूले बेलाबेलामा प्लान्टका कर्मचारीहरूको अपहरण गर्छन्, प्लान्टका महानिर्देशक इगोर मुराशोभलाई यसै महिनाको सुरुमा रिहा गर्नुअघि धेरै दिनसम्म रूसी सेनाको कब्जामा राखिएको थियो ।’’

“उहाँलाई तीन दिनदेखि भवनको भूमिगत संरचना (बेसमेन्ट) मा राखिएको थियो । टाउकोमा झोला राखेर एक दिन कुर्सीमा बसाउँदा के त्यो यातना होइन र ?” कोटिनले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का प्रमुख राफेल ग्रोसीको भूमिकाको पनि प्रशंसा गरे ।

रूसले जापोरिज्जिया प्लान्टका अन्य दुई वरिष्ठ कर्मचारी, सूचना प्रविधि प्रमुख ओलेग कोस्टयुकोभ र प्लान्टका सहायक महाप्रबन्धक ओलेग ओशेकालाई हिरासतमा लिएको इनर्गोेएटमले आरोप लगाएको छ ।

कम्पनीले सामाजिक सञ्जालमा उनीहरूलाई ‘अपहरण’ गरिएको र ‘अज्ञात गन्तव्यमा लगिएको’ बताएको छ ।

गत हप्ता इनर्गोएटमले रुसले प्लान्टका मानव संशाधन उपमहानिर्देशक भालेरी मार्टिनिकलाई हिरासतमा लिएको र दुर्व्यवहार गरेको बताएको थियो ।

आणविक स्थलका विज्ञहरू रहेको आईएईएले मङ्गलबार अबेर जारी गरेको वक्तव्यमा मार्टिनिकलाई रिहा गरिएको घोषणा गरेको छ ।

कोटिनले एएफपीसँग कुरा गर्दै मार्टिनिकलाई चार वा पाँच दिनसम्म हिरासतमा राखिएको र प्लान्टमा उनीहरूको (रुसी) नीतिसँग सहमत रहेको बयानमा हस्ताक्षर गर्न बाध्य पारिएको बताएका छन् ।

कोटिनले त्यहाँ समातिएका १५० जनामध्ये केही मानिसहरु ‘मारिएका’ र केहीले ‘यातना भोगेका’ रहेको दोहो¥याए ।

कोटिनका अनुसार कम्पनीले आगामी दिनमा हिरासतमा लिइएका सबैको सूची सार्वजनिक गर्न लागेको छ ।

रूसले युक्रेनमाथि आक्रमण गरेको प्रारम्भिक दिनहरूमा मार्चको सुरुमा रुसी सेनाले युरोपको सबैभन्दा ठूलो आणविक केन्द्र जापोरिज्जिया आणविक ऊर्जा केन्द्र कब्जा गरेको थियो ।

रुस र युक्रेनले एकआपसमा रूसको नियन्त्रणमा रहेको उक्त केन्द्र नजिकै महिनौंदेखि गोलाबारी गरेको आरोप लगाउँदै आएका छन्, जसले आणविक विपत्तिको डर पैदा गरेको छ र युक्रेनको आणविक केन्द्रवरपरका क्षेत्रहरूलाई सैन्यीकरण गर्न आह्वान गरेको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ६ : ०४ बजे

ट्रम्पपछि पुटिन पनि वार्ताका लागि अलास्काको एंकरिजमा उत्रिए

अलास्का– रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको विमान अलास्काको एंकरिजस्थित संयुक्त बेस

वार्ताका लागि अलास्कामा उत्रिए ट्रम्प, रूसबाट पुटिनसँग यी अधिकारी सहभागी हुँदै

अलास्का– रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका अमेरिकी समकक्ष डोनाल्ड

पुटिनलाई भेट्नुअघि ट्रम्पले भने, ‘वार्ता राम्रो नभए टेबल छाडेर हिँड्छु’

अलास्का– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको वार्ता

अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालनमा

बागलुङ – पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक तीन दिनपछि सञ्चालनमा

बागलुङमा परम्परागत जोगी नाच प्रदर्शन

गण्डकी – नेवार समुदायमा यतिबेला विभिन्न जात्रा र नाचको रौनक