माधव नेपालको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन समिति गठन « Khabarhub

माधव नेपालको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन समिति गठन


२ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीले अध्यक्ष माधव नेपालको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ । बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले नेपालको नेतृत्वमा २५ सय १ सदस्यीय समिति गठन गरेको हो ।

समितिमा पार्टी केन्द्रीय कमिटी, केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद र केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्च, केन्द्रीय परिषदका पदाधिकारी एवं सदस्य र पार्टीका प्रदेश कमिटीका पदाधिकारी एवं जनवर्गीय संगठनका पदाधिकारी सदस्य रहेका छन् ।

बैठकले महासचिव बेदुराम भुसालको नेतृत्वमा २२ सदस्यीय निर्वाचन परिचालन समितिको सचिवालयसमेत गठन गरेको छ । उक्त समितिको सदस्यमा डा. गंगालाल तुलाधर, डा. विजय पौडेल, विश्वनाथ प्याकुरेल, सावित्रा भुसाल, प्रमोदराज शर्मा, प्रेमल खनाल, लक्ष्मण केसी, केदार सञ्जेल रहेका छन् ।

यस्तै विष्णु लम्साल, धनप्रसाद गौतम, मोहन गौतम, रमेश रञ्जन झा, उदय श्रेष्ठ, खेमराज पौडेल, सीताराम नेपाल, द्रोणाचार्य क्षेत्री, विश्वमणि सुवेदी, प्रकाश खतिवडा, विशाल भण्डारी, सुदेश पराजुली र नितेश पौडेललाई समितिको सदस्यमा मनोनित गरिएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ६ : २४ बजे

२६ तस्बिरमा कांग्रेस महाधिवेशनमा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति

‘विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले नेपालको राजनीतिक जीवनका पक्षलाई समेटेको छ’

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘आनन्दप्रसाद पोखरेलः  विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले

‘कांग्रेस २.०’ ले महाधिवेशमा के गर्दैछ नयाँ ?

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विगतभन्दा भिन्न, भड्किलो प्रचारमुक्त

नेपाली क्रिकेटका ९ स्टारसँग एक्सट्रीमको ‘पावरफुल’ साझेदारी

काठमाडौं- नेपाली क्रिकेटको विकास, खेलाडीको प्रोत्साहन तथा युवा पुस्तामाझ खेलकुदप्रतिको