पुटिनद्वारा रुसमा ‘गाभिएका’ युक्रेनी भूभागमा सैन्य कानून लागू गरिएको घोषणा « Khabarhub

पुटिनद्वारा रुसमा ‘गाभिएका’ युक्रेनी भूभागमा सैन्य कानून लागू गरिएको घोषणा


२ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रुसले आफ्नो मुलुकमा गाभिएको दाबी गरेका चार युक्रेनी क्षेत्रमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सैन्य कानून लागू गरेको घोषणा गरेका छन् । रुसले केही समयअघि ‘जनमत सङ्ग्रह’ को आयोजना गरी आफ्नो मुलुकमा गाभेका युक्रेनका चार क्षेत्रमा पुटिनले सैन्य कानून लागू गरेको घोषणा गरेका हुन् ।

रुसको राष्ट्रिय सुरक्षा परिषद्लाई राष्ट्रपति पुटिनले युक्रेनका लुहान्स्क, डोनेत्स्क, जापोरिज्जिया र खेर्सन क्षेत्रमा सैन्य कानून लागू गरेको जानकारी गराएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

पुटिनको घोषणाबाट रुसले ती क्षेत्रमा आफ्नो नियन्त्रणलाई सुदृढ गराउने उद्देश्य लिएको भएपनि सैन्य कानून लागू गर्ने घोषणाले ती क्षेत्रमा कस्तो सैन्य वा नीतिगत परिवर्तन हुने भन्ने अझै स्पष्ट नभएको जनाइएको छ ।

यसअघि रुसी सञ्चारमाध्यमले खेर्सन सहरबाट मानिसहरु बाहिरिएको समाचार सार्वजनिक गरेको थियो । तत्काल युक्रेनी आक्रमणको सम्भावनाबीच मानिसहरुलाई खेर्सन क्षेत्रबाट बाहिर निकालिएको रुसी पक्षको भनाइ छ ।

आगामी ६ दिनभित्रमा ५० देखि ६० हजार मानिसहरुलाई खेर्सन क्षेत्रबाट बाहिर निकालिने योजना रहेको खेर्सन क्षेत्रमा रुसले नियुक्त गरेका प्रशासकीय प्रमुख किरिल स्टेर्मौसोभलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

यता युक्रेनी पक्षले भने रुसले खेर्सनबाट मानिसहरुलाई विस्थापित गरी ‘प्रोपागाण्डा’ गरेको आरोप लगाएको छ । युक्रेनी राष्ट्रपति कार्यालयका अधिकारी आन्द्रेई येर्माकले रुसले खेर्सनमा युक्रेनी सेनाले गोलाबारी गरेको भनी झूठो प्रचार गरेको आरोप लगाएको रोयटर्सले जनाएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ६ : ५८ बजे

सरकारी संवाद समितिको टोली दलहरूको कार्यालयमा

काठमाडौं– नेपाल सरकारको उच्चस्तरीय संवाद समितिको टोलीले निर्वाचनको वातावरण बनाउन

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग