पुटिनद्वारा रुसमा ‘गाभिएका’ युक्रेनी भूभागमा सैन्य कानून लागू गरिएको घोषणा « Khabarhub

पुटिनद्वारा रुसमा ‘गाभिएका’ युक्रेनी भूभागमा सैन्य कानून लागू गरिएको घोषणा


२ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रुसले आफ्नो मुलुकमा गाभिएको दाबी गरेका चार युक्रेनी क्षेत्रमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सैन्य कानून लागू गरेको घोषणा गरेका छन् । रुसले केही समयअघि ‘जनमत सङ्ग्रह’ को आयोजना गरी आफ्नो मुलुकमा गाभेका युक्रेनका चार क्षेत्रमा पुटिनले सैन्य कानून लागू गरेको घोषणा गरेका हुन् ।

रुसको राष्ट्रिय सुरक्षा परिषद्लाई राष्ट्रपति पुटिनले युक्रेनका लुहान्स्क, डोनेत्स्क, जापोरिज्जिया र खेर्सन क्षेत्रमा सैन्य कानून लागू गरेको जानकारी गराएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

पुटिनको घोषणाबाट रुसले ती क्षेत्रमा आफ्नो नियन्त्रणलाई सुदृढ गराउने उद्देश्य लिएको भएपनि सैन्य कानून लागू गर्ने घोषणाले ती क्षेत्रमा कस्तो सैन्य वा नीतिगत परिवर्तन हुने भन्ने अझै स्पष्ट नभएको जनाइएको छ ।

यसअघि रुसी सञ्चारमाध्यमले खेर्सन सहरबाट मानिसहरु बाहिरिएको समाचार सार्वजनिक गरेको थियो । तत्काल युक्रेनी आक्रमणको सम्भावनाबीच मानिसहरुलाई खेर्सन क्षेत्रबाट बाहिर निकालिएको रुसी पक्षको भनाइ छ ।

आगामी ६ दिनभित्रमा ५० देखि ६० हजार मानिसहरुलाई खेर्सन क्षेत्रबाट बाहिर निकालिने योजना रहेको खेर्सन क्षेत्रमा रुसले नियुक्त गरेका प्रशासकीय प्रमुख किरिल स्टेर्मौसोभलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

यता युक्रेनी पक्षले भने रुसले खेर्सनबाट मानिसहरुलाई विस्थापित गरी ‘प्रोपागाण्डा’ गरेको आरोप लगाएको छ । युक्रेनी राष्ट्रपति कार्यालयका अधिकारी आन्द्रेई येर्माकले रुसले खेर्सनमा युक्रेनी सेनाले गोलाबारी गरेको भनी झूठो प्रचार गरेको आरोप लगाएको रोयटर्सले जनाएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ६ : ५८ बजे

२६ तस्बिरमा कांग्रेस महाधिवेशनमा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति

‘विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले नेपालको राजनीतिक जीवनका पक्षलाई समेटेको छ’

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘आनन्दप्रसाद पोखरेलः  विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले

‘कांग्रेस २.०’ ले महाधिवेशमा के गर्दैछ नयाँ ?

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विगतभन्दा भिन्न, भड्किलो प्रचारमुक्त

नेपाली क्रिकेटका ९ स्टारसँग एक्सट्रीमको ‘पावरफुल’ साझेदारी

काठमाडौं- नेपाली क्रिकेटको विकास, खेलाडीको प्रोत्साहन तथा युवा पुस्तामाझ खेलकुदप्रतिको