‘सुस्ता बाढी र डुबानका समस्या समाधान गर्न प्रतिबद्ध छु’ « Khabarhub

‘सुस्ता बाढी र डुबानका समस्या समाधान गर्न प्रतिबद्ध छु’


२ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको डुबान क्षेत्रको अवलोकन गरेका छन् । उनले पश्चिम नवलपरासीको नारायणी नदी र गण्डक नहरका कारण वर्षातको समयमा बाढीले दुःख दिने गरेको र यसले पारेको प्रभावका बारेमा प्रभावित क्षेत्रका बासिन्दासँग जानकारी लिएका थिए ।  

सुस्ता गाउँपालिकाअन्तर्गत रुपौलिया, बरुवा, छिवनी सतपत्ति, फेचुवा क्षेत्रका स्थानीयले प्रतिनिधिसभा सदस्य उम्मेदवार चौधरीलाई बाढीको समस्या समाधान गरिदिन आग्रह गरेका थिए । 

स्थानीय माया कोहारले विनोद चौधरीले आफूहरूको समस्या समाधान हुनेसमेत विश्वास व्यक्त गरिन् । ‘उद्योगपति पनि हुनुहुन्छ, देश विदेशमा चिनजान छ यो समस्या उहाँले मात्रै समाधान गर्न सक्नुहुन्छ,’ कोहारले भनिन् । 

नारायणी नदी बस्ती नजिक रहेको र गण्डक नहरले समेत छोएको कारण बाढीको समस्या रहेको अर्का स्थानीय हरि चौधरीले बताए । उनले उद्योगपति एवं कांग्रेस नेता चौधरी प्रभावित क्षेत्रको अवलोकन गर्दा आफूहरू हर्षित भएको र समस्याको समाधान हुनेमा विश्वस्त रहेको बताए ।
‘पहिलो चुनाव जितेर जाने जोकोहीले पनि बाढी समस्या समाधान गर्छु भन्छन्, तर समाधान हुँदैन । अब उद्योगपति विनोद चौधरी आफै अवलोकन गर्न आएपछि पक्कै समाधान हुन्छ भन्ने आसमा छौं,’ चौधरीले भने । 

प्रतिनिधि सभा उम्मेदवार चौधरीले त बाढी र डुबानको समस्या समाधान गर्न विषयमा आफू गम्भीर रहेको बताए । बाढी प्रभावित क्षेत्रमा कांग्रेसका नेता एवं प्रदेश सभा सदस्य उम्मेदवार देवकरण कलवार, सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायलगायत पुगेका थिए ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ७ : ४९ बजे

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै

ब्राजिलमा लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा हुने राष्ट्रपतीय चुनावका लागि मतदान

काठमाडौं – ब्राजिलका जनता आइतबार राष्ट्रपति चयनका लागि भएको चुनावमा

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशनमा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति