जुकाको औषधी सर्कँदा ३ वर्षीया बालकको मृत्यु « Khabarhub

जुकाको औषधी सर्कँदा ३ वर्षीया बालकको मृत्यु


२ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– सिन्धुपाल्चोक जुगल गाउँपालिका-२ गोल्चे निम्लुङमा जुकाको औषधी सर्कँदा तीन वर्षका एक बालकको ज्यान गएको छ । सुप्पा लामाको छोरा तीन वर्षका सम्शेर लामाको औषधी सर्कँदा ज्यान गएको स्थानीय विष्णुलाल दोङले बताए ।

स्थानीय स्वयंसेविका सँगलमु लामा र सँगलमु स्याङ्बोले स्वास्थ्य चौकी बैकुण्ठेबाट भिटामिन र जुकाको औषधी ल्याई बच्चालाई खुवाउने क्रममा सर्किएको हो । बालकलाई औषधी सर्कन गई फिज काट्न थालेपछि उपचारको लागि एम्बुलेन्समा राखी प्राथमिक स्वास्थ्य केन्द्र साङ्बोटेतर्फ लगिएको थियो ।

बिहान ११:५६ को समयमा स्वास्थ्य केन्द्रका प्रमुख डा. सञ्जीव खड्काले बालकको मृत्यु भई सकेको बताएका थिए । मृतक बालकको शव पोस्टमार्टमको लागि चौतारा अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ७ : ५५ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने