बेलायतको मुद्रास्फीति १० दशमलब १ प्रतिशतले वृद्धि « Khabarhub

बेलायतको मुद्रास्फीति १० दशमलब १ प्रतिशतले वृद्धि


२ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बेलायतको उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) सन् २०२२ को सेप्टेम्बरसम्मको १२ महिनामा १० दशमलब १ प्रतिशतले वृद्धि भएको छ ।

यो अगस्टमा ९ दशमलब ९ प्रतिशत थियो भने अहिले जुलाईको पछिल्लो उच्च विन्दुमा फर्किएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालय (ओएनएस) का अनुसार मासिक आधारमा हेर्दा सीपीआई अगस्टको तुलनामा सेप्टेम्बरमा शून्य दशमलब ५ प्रतिशतले बढेको छ ।

ओएनएसका आर्थिक तथ्याङ्क निर्देशक डारेन मोर्गनले भने, “गत महिनाको सामान्य गिरावटपछि प्रमुख सेवाहरूको मुद्रास्फीति वर्षा ऋतुको सुरुमा देखिएको उच्च स्तरमा फर्किएको छ ।”

उनले भने, “खाद्य पदार्थमा थप वृद्धिका कारण यो वृद्धि भएको हो, जसले ४० वर्षयताकै सबैभन्दा ठूलो वार्षिक वृद्धि देखेको छ, जबकि होटलको मूल्य पनि गत वर्ष यसको यसै समयमा सामान्य घटेपनि अहिले बढेको छ ।’’

‘‘सेप्टेम्बरसम्म १२ महिनामा खाद्य र अल्कोहलरहित पेय पदार्थको मूल्य १४ दशमलब ६ प्रतिशतले बढेको छ, जुन ४२ वर्षको उच्च बिन्दुमा पुगेको छ,” ओएनएसको रिपोर्टमा भनिएको छ ।

सबैभन्दा ठूलो वृद्धि प्रभाव पाउरोटी र खाद्यान्न, मासुजन्य उत्पादन, दूध, चीज र अण्डामा आएको छ ।

ओएनएसका अनुसार मोटर ईन्धनको मूल्यमा निरन्तर गिरावटले मुद्रास्फीतिमा सबैभन्दा ठूलो योगदान गरेको छ ।

“सेप्टेम्बरको उपभोक्ता मूल्यको तथ्याङ्कले केन्द्रीय बैंक, बैंक अफ इङ्ग्ल्याण्ड (बीओई) मा बढ्दो मन्दीको बावजुद नोभेम्बर ३ मा हुने यसको अर्को बैठकमा ब्याज दरमा उल्लेखनीय वृद्धि गर्न दबाब कायम राखेको छ,” प्यान्थियन म्याक्रोइकोनोमिक्सका प्रमुख बेलायती अर्थशास्त्री स्यामुयल टम्ब्सले बताए ।

सेप्टेम्बरको अन्त्यमा, बीओईले मुद्रास्फीतिको सामना गर्न आफ्नो मानक ब्याज दरमा वृद्धि गरी २ दशमलब २५ प्रतिशत कायम गरेको थियो ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ८ : २१ बजे

किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम

गुल्मी– सत्यवती गाउँपालिकाले पालिकाभित्र गाईपालन गर्ने किसानलाई  प्रोत्साहन तथा अनुदान

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

काठमाडौं– सरकारले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत्को आन्तरिक खपत बढाउने

विमल इलायचीको विज्ञापन विवादमा शाहरुख, अजय र टाइगर, एफडीएले माग्यो १५ दिनभित्र स्पष्टीकरण

मुम्बई– बलिउडका तीन ठूला स्टार शाहरुख खान, अजय देवगन र टाइगर

सूर्य थापालाई रोस्ट गरेपछि तनावमा कमेडियन, भन्छन् – धम्कीले कोठाबाहिर निस्किन सकिनँ

काठमाडौं – कमेडीका नाममा ठाडो रोस्ट गर्ने प्रवृतिलाई निरन्तरता दिँदै

इमरान भेट्न जेल पुगे बहिनी र पत्नी, उपचारका लागि अस्पताल सार्न सर्वोच्चको आदेश

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानसँग उनकी बहिनी नोरीन नियाजी र