संविधानको रक्षाका निम्ति सत्ता गठबन्धनलाई मतदान गर्न नारायणकाजी श्रेष्ठको अपिल « Khabarhub

संविधानको रक्षाका निम्ति सत्ता गठबन्धनलाई मतदान गर्न नारायणकाजी श्रेष्ठको अपिल


२ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का नेताहरूले प्राप्त उपलब्धि संस्थागत गर्नका लागि आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा सत्ता गठबन्धनलाई मतदान गर्न अपिल गरेका छन् ।

माओवादी केन्द्र सम्पर्क समन्वय प्रदेश समितिले आज आयोजना गरेको ‘निर्वाचन विशेष राजनीतिक–वैचारिक प्रशिक्षण’ कार्यक्रममा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले लामो सङ्घर्ष र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशीकरणलगायत संविधानको रक्षाका निम्ति गठबन्धलाई विजयी गराउन अपिल गरे ।

आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनमा नेपाली कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाको सत्ता गठबन्धन रहेको छ । वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भने, “अहिले देश माओवादीको एजेण्डामा छ, हामीले राजनीतिक व्यवस्था बदलेका छौँ तर जनताको अवस्था बदल्नु पर्नेछ, त्यसका निम्ति अबको चुनावमा जनताले सत्ता गठबन्धनलाई मतदान गर्नुपर्नेछ ।”

उनले आगामी निर्वाचनपछि शान्ति प्रक्रियाका बाँकी कार्यलाई सम्पन्न गर्दै जनताको शिक्षा, स्वास्थ्य र रोजगारीलगायत समस्या समाधान गर्दै आर्थिक, सामाजिक विकाससहित मुलुकलाई समाजवादको बाटोमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

माओवादीका सचिव डिलाराम आचार्यले माओवादीका कारण प्राप्त उपलब्धि उपलब्धिलाई जनतासमक्ष पु¥याउँदै आगामी निर्वाचनमा केन्द्रित हुन आमकार्यकर्तालाई आग्रह गरे । माओवादीका स्थायी कमिटी सदस्य सत्या पहाडीले आर्थिक, सामाजिक रुपान्तरणसँगै समृद्धि र समाजवादका निम्ति पनि आगामी निर्वाचनमा सत्ता गठबन्धनलाई मतदान गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ८ : ३५ बजे

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै

ब्राजिलमा लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा हुने राष्ट्रपतीय चुनावका लागि मतदान

काठमाडौं – ब्राजिलका जनता आइतबार राष्ट्रपति चयनका लागि भएको चुनावमा

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशनमा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति