लमजुङको मतगणनास्थलमा तारजाली र सीसी क्यामरा « Khabarhub

लमजुङको मतगणनास्थलमा तारजाली र सीसी क्यामरा


३ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङमा निर्वाचन प्रचारको समय सकिएसँगै सुरक्षा चुनौतीलाई हेरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतपेटिका राख्ने र मतगणना स्थान तयार पारेको छ। जिल्ला समन्वय समितिको सभाहलभित्र तयार पारिएको मतगणनास्थलमा तारजाली र पेटिका राख्ने ठाउँमा सीसीटीभी क्यामरा जडान गरिएको छ।

मतगणनास्थलमा दलका उम्मेदवाररप्रतिनिधिलाई बस्ने व्यवस्था तारजालीभन्दा बाहिर बनाइएको छ। मतपेटिका राख्ने ठाउँका लागि चारवटा कोठा व्यवस्थापन गरिएको छ।

प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले मतगणना हुने बेला सुरक्षा चुनौती थपिने भन्दै सुरक्षाका सबैखाले मापदण्ड अपाइनएको बताए। ‘मतगणना निकै संवेदनशील हुन्छ। मतपेटिकालाई सुरक्षित राख्नुपर्छ, कुनै पनि घटना हुन नदिनु हाम्रो कर्तव्य हो,’ उनले भने। मतदानस्थलमा हुने असुरक्षा र हुन सक्ने धाँधलीलगायतका गतिविधि नियन्त्रण गर्न तथा नियाल्न सीसी क्यामरा जडान गरिएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बेंसीसहर नगरपालिकाको सहयोगमा ४ लाख ५० हजार रुपैयाँका सीसी क्यामरा जडान गरिएको हो। स्थानीय तह निर्वाचनमा पनि जडान गरिएको थियो।

लमजुङबाट प्रतिनिधिसभा सदस्यका लागि एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ चुनावी मैदानमा छन्।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  ८ : ०६ बजे

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन कुलमानको माग

कर्णाली– उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले पेट्रोलियम पदार्थमा

चट्याङ लागेर एक युवकको मृत्यु

गोरखा– गोरखामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ ।

लुम्बिनी प्रदेशसभा बैठक बस्दै

दाङ– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत तेह्रौँ बैठक आज बस्दैछ ।

प्रधानमन्त्री शाहले आज विश्वविद्यालयका उपकुलपतिहरूसँग छलफल गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले आज  विश्वविद्यालय र  प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल

इरानी पानी जहाज नियन्त्रणमा लिएको अमेरिकाको दाबी, इरान भन्छ– ‘समुद्री डकैतीको जवाफ दिन्छौँ’

काठमाडौँ– अमेरिकाले स्ट्रेट अफ होर्मुज नजिकैबाट एउटा इरानी पानीजहाज नियन्त्रणमा