चितवनको तीन स्थानमा शङ्कास्पद वस्तु भेटियो « Khabarhub

चितवनको तीन स्थानमा शङ्कास्पद वस्तु भेटियो


३ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

चितवन – प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्लाको मुख्य सहरी क्षेत्रका तीन स्थानमा शङ्कास्पद वस्तु भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–१० आँखा अस्पताल नजिक र वडा नं १२ आस्था चोकमा शङ्कास्पद वस्तु भेटिएको हो ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार दुई स्थानमा नै निर्वाचनविरोधी गतिविधि गर्ने समूहले प्रेसरकुकरमा शङ्कास्पत वस्तु राखेका हुन् ।
निर्वाचनको समयमा त्रास फैलाउनका लागि यस्तो गरिएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उक्त वस्तुलाई आज बिहान ३ : ३० बजे निस्क्रिय पारिएको कार्यालयले जनाएको छ ।

यस्तै भरतपुर माहानगरपालिका–१६ वडा कार्यालय नजिक सिलिण्डरमा आगो लगाएर छाडेको पाइएको पण्डितले बताए । सो सिलिण्डरलाई सुरक्षित स्थानमा राखिएको उनले जानकारी दिए।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  ९ : १३ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण