प्रधानमन्त्री देउवाको गृहजिल्लामा सुरक्षा व्यवस्था कडा « Khabarhub

प्रधानमन्त्री देउवाको गृहजिल्लामा सुरक्षा व्यवस्था कडा


३ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा– प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्लामा दुई हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको हो । प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरीलाई निर्वाचनका लागि परिचालन गरिएको छ । 

‘तीनवटा घेरा बनाएर सुरक्षा व्यवस्था मिलाएका छौँ’, उनले भने, ‘मतदान केन्द्रको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रो घेरामा सेनाले सुरक्षा दिइरहेका छन् ।’ प्रजिअ जोशीका अनुसार निर्वाचनका बेला मोबाइल टोली पनि परिचालन गनेछ भने ‘रिजर्भ टिम’ पनि तयार पारिएको छ । ‘रिजर्भ टिम आवश्यकताअनुसार मात्रै परिचालन हुनेछ’, उनले भने । 

डडेल्धुरामा एक सय एक मतदानस्थल छन् । जसमध्ये २३ वटा अति संवेदनशील, ४१ संवेदनशील र ३७ सामान्यमा वर्गीकरण गरिएको छ । मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेका अनुसार जिल्लाका सबै मतदान केन्द्रमा निर्वाचन सामग्री र सुरक्षाकर्मीसहित कर्मचारी पुगिसकेका छन् । 

‘कर्मचारी मतदान केन्द्रमा पुगेर सर्वदलीय बैठक पनि भइसकेको छ’, उनले भने, ‘बुथ निर्माणको कार्य पनि सुरु भइसकेको छ । भोलिसम्म सबै तयारी सकिन्छ ।’

एउटा मतदान केन्द्रमा म्यादी प्रहरीसहित सात देखि १२ जना सुरक्षाकर्मी र आठजना कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । डडेल्धुरामा प्रतिनिधिसभातर्फ प्रधानमन्त्री देउवासहित आठजना उम्मेदवार छन् । यस्तै दुई प्रदेशसभा सदस्यका लागि १२ जना उम्मेदवार छन् ।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  १२ : २५ बजे

बलात्कारका दोषीलाई साउदी अरबमा ‘शिरच्छेदन’, उत्तर कोरियामा ‘सीधै गोली’, अन्त के छ ?

काठमाडौं- बाराको सिमराकी तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएसँगै

मूल विचार र रणनीतिलाई नजरअन्दाज गर्दा कम्युनिष्ट आन्दोलनले धोका खायो : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

रविको चिन्ता : घण्टीमा भोट हालेका मतदाता बोल्न थाले हामीलाई गाह्रो हुन्छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारका कामकारबाहीबारे

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा : शिक्षामन्त्री पोखरेल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई सरकारले

‘हामीले बितेका ३५ वर्षको हिसाब खोज्ने होइन, भोलिका ३५ वर्षको योजना बनाउन थालौँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी र