शिवसुन्दर र राजेन्द्र एपिएम अन्तर्राष्ट्रिय भेट्रान टेबलटेनिस च्याम्पियन « Khabarhub

शिवसुन्दर र राजेन्द्र एपिएम अन्तर्राष्ट्रिय भेट्रान टेबलटेनिस च्याम्पियन


३ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिवसुन्दर गोथे र राजेन्द्र कपालीले दोश्रो एपिएम अन्तर्राष्ट्रिय भेट्रान टेबलटेनिस प्रतियोगितामा स्वर्ण जितेका छन् । भेट्रान सिंगल्सको पुरुष ४० वर्षमाथि शिव र ५० वर्षमाथि राजेन्द्र पहिलो भएका हुन् । विजेताद्वय गोड स्पिन टीटी एकेडेमीका हुन् । भैसेपाटीस्थित आयोजक नेपाल एपिएम प्रा।लि।को हलमा भएको ४० वर्षमाथि फाइनलमा तीन पटकका राष्ट्रिय च्याम्पियन शिवले अर्का राष्ट्रिय खेलाडी चन्दन शाहीलाई ११–४, ११-६११-७ को सोझो सेटमा पराजित गरे । ललितपुर टिटी क्लबका नवीनबहादुर शाक्य र सिवाइसी टिटी क्लबका रविन्द्र शाक्य तेश्रो भए ।

राजेन्द्रले ५० वर्षमाथि स्वर्ण भिडन्तमा ललितपुरका कपुर शर्मा पौडेललाई सिधा सेटमा १२-१०, ११-१११-३ ले हराए । सिवाइसीका राजेन्द्र बज्राचार्य र कान्तिपुर भ्याली पिङपोङ क्लबका निशान प्रधान तेश्रो बने । भेट्रान पुरुष टिम इभेन्टमा गोड स्पिन (राजेन्द्र कपाली, शिवसुन्दर गोथे, रोशन प्रधान, रविनमुणि वज्राचार्य र जविन्द्र बज्राचार्य) पहिलो भयो । फाइनलमा गोड स्पिनले राजेन्द्र वज्राचार्य, रविन्द्र शाक्य, राजिप वज्राचार्य, किरण ब्यञ्जनकारआनन्दरत्न धाक्वा सम्मिलित सिवाइसी टोलीलाई ३-१ ले पाखा लगायो । ललितपुरका चन्दन शाही, जयराम महर्जन, निम जोशी, नवीनबहादुर सिंह र कपुर शर्मा पौडेल तथा आयोजक एपीएमका विश्वास गौचन, ठाकुर थापा, पूर्णशंकर श्रेष्ठ र सुमन खड्गी तेश्रो स्थानमा रहे ।

प्रतियोगिताअन्तर्गत पुरुषमा चार र महिलामा एक गरी पाँ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । पुरुष ६० वर्षमाथि सिंगल्समा नेपालका रञ्जन सुब्बा पहिलो, दक्षिण कोरियाका नाम साङ वन दोश्रो तथा नेपालका आनन्दरत्न धाक्वा र जगदिश्वर जोशी तेश्रो भएका थिए । महिला ४० वर्षमाथि सिंगल्समा नेपालकी इन्दिरा पराजुलीले स्वर्ण, नेपालकी सम्झना पोखरेलले रजत तथा नेपालकी सरिता बस्नेत र दक्षिण कोरियाकी इम ए सुकले काँस्य जितेका थिए ।

सोही प्रतियोगिताका दौरान यु-१६ ब्वाइज-गल्र्स एकीकृत प्रतिस्पर्धा पनि गराइएको थियो । एपिएमका आशिष महता पहिलो, बुटवलका विसु सुनार दोश्रो तथा एपिएमकी योङ्गी पौडेल र दक्षिण कोरियाकी पार्क तेश्रो भएका थिए । भेट्रानतर्फ कुल पुरस्कार राशि चार लाख ५० हजार रुपैयाँ रहेको थियो । हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २० हजार र १०-१० हजारका दरले नगद पुरस्कार प्राप्त गरे । यु-१६ का पदक विजेतालाई एक लाख रुपैयाँ बराबरको जिओम नेपालको टेबलटेनिस खेल सामाग्री प्रदान गरिएको थियो ।

विजेतालाई टेबल टेनिसमा ओलम्पिककी स्वर्णधारी दक्षिण कोरियाकी याङ योङ जा, अखिल नेपाल टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान बज्राचार्य, एपीएमका निर्देशक दानबहादुर महता, जिओम नेपालका प्रबन्ध निर्देशक ज्याकी महर्जनलगायतले पुरस्कृत गरेका छन् । भेट्रानमा सहभागीहरूको ‘लक्की ड्र’ गराइ एक विजेतालाई सामसुङ मोबाइल प्रदान गरिएको थियो । त्यसमा राजेन्द्र वज्राचार्य भाग्यमानी रहे ।  भेट्रानमा ७० तथा यु-१६ मा २८ खेलाडी सहभागी थिए ।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  २ : २६ बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा