निर्वाचनमा मतपत्र बदर हुन सक्ने सात अवस्था « Khabarhub

निर्वाचनमा मतपत्र बदर हुन सक्ने सात अवस्था


३ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइतबार प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन हुँदैछ । निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले आम निर्वाचनका क्रममा मतपत्र बदर हुन नदिन मतदाता शिक्षामा समेत बल गरिरहेको छ ।

निर्वाचनको पूर्वसन्ध्यामा मतपत्र बदर हुने अवस्था उल्लेख गर्दै आयोगले मतदाता शिक्षामा जोड दिन जरुरी रहेको बताएको छ ।

मतपत्र बदर हुन सक्ने सात अवस्था:

१. दुई वटा निर्वाचन चिन्ह रहेको कोठाको बिचमा पर्ने गरी मत संकेत गरेमा मतपत्र बदर हुन सक्दछ ।

२. एकभन्दा बढी निर्वाचन चिन्हमा मत संकेत गरेमा

३. स्वस्तिक छाप नबुझिने गरी मत संकेत गरेमा

४. मतपत्रमा स्वस्तिक छापको सट्टा औँठा छाप वा अन्य छाप वा संकेत प्रयोग गरेमा

५. कोठा भन्दा बाहिर स्वस्तिक छाप लगाएमा

६. मतपत्र च्यातिएमा

७. मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएमा

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  ८ : २२ बजे

जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयो : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनअपेक्षा

खुला सीमाको फाइदा उठाउँदै डिम्ब तस्करी गराउने गिरोह सक्रिय, किशोरी जोखिममा

काठमाडौं- नेपालको सीमावर्ती क्षेत्रबाट आर्थिक प्रलोभन देखाएर नेपाली किशोरी तथा

नेपाल बाल संगठनमा मन्त्री सीता बादीको छड्के अनुगमन

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

वीरगञ्जस्थित नारायणी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन

काठमाडौं– वीरगञ्जस्थित नारायणी अस्पतालमा सुलभ फार्मेसी सञ्चालनमा आएको छ ।