चार हजार २०० मिटर उचाइमा रहेको मतदान केन्द्रमा एक सय तीन मतदाता « Khabarhub

चार हजार २०० मिटर उचाइमा रहेको मतदान केन्द्रमा एक सय तीन मतदाता


३ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनाङ – हिमाली जिल्ला मनाङमा मतदानका लागि सबै मतदान केन्द्रमा तयारी पूरा भएको छ । उच्च हिमाली क्षेत्रमा रहेको मतदान केन्द्रमा पनि मतदान केन्द्र तयारी भएको निर्वाचन कार्यालय मनाङले जनाएको छ ।

मुलुककै कम मतदाता रहेको मनाङको सबैभन्दा उचाइमा रहेको मतदान केन्द्र मतदानका लागि तयार भएको जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले जानकारी दिए । “मनाङको सबैभन्दा बढी उचाइ (४,२०० मिटर)मा रहेको नार गाउँको मतदान केन्द्र मतदानका लागि तयार भएको छ । सम्भवतः नेपालको सबैभन्दा बढी उचाइमा भएको मतदान केन्द्र पनि यही नै होला”, शर्माले भने ।

उनका अनुसार यस मतदान केन्द्रमा कूल एक सय तीन मतदाता रहेका छन् । हिउँपर्ने समय भइसकेकाले उच्च हिमाली क्षेत्रमै मतदान केन्द्र तयार पारिएको उनले बताए ।

प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले संवेदनशीलताका आधारमा सुरक्षा व्यवस्था गरिएको बताए

मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा तीन हजार छ सय ८७, चामे गाउँपालिकामा सात सय ७७, नार्पाभूमि गाउँपालिकामा चार सय ६८ र नासों गाउँपालिकामा तीन हजार छ सय ४७ मतदाता रहेका छन् । प्रदेश (१)मा चामे गाउँपालिका र नासों गाउँपालिका पर्दछ । प्रदेश (१)मा दुई हजार छ सय २४ र प्रदेश (२) मा चार हजार एक सय ५५ गरी कूल छ हजार सात सय ७९ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय मनाङले जनाएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  ९ : ४७ बजे

जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयो : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनअपेक्षा

खुला सीमाको फाइदा उठाउँदै डिम्ब तस्करी गराउने गिरोह सक्रिय, किशोरी जोखिममा

काठमाडौं- नेपालको सीमावर्ती क्षेत्रबाट आर्थिक प्रलोभन देखाएर नेपाली किशोरी तथा

नेपाल बाल संगठनमा मन्त्री सीता बादीको छड्के अनुगमन

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

वीरगञ्जस्थित नारायणी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन

काठमाडौं– वीरगञ्जस्थित नारायणी अस्पतालमा सुलभ फार्मेसी सञ्चालनमा आएको छ ।