दाङमा तीन स्थानमा मतगणना गरिने « Khabarhub

दाङमा तीन स्थानमा मतगणना गरिने


३ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

तुल्सीपुर – प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । दाङमा तीन निर्वाचन क्षेत्र रहेका छन् । तीन क्षेत्रका तीन स्थानमा मतगणना गरिने भएको छ ।

दाङका तीन निर्वाचन अधिकृतको कार्यालय मत गणनास्थलको तयारीमा जुटेको छन् । निर्वाचन क्षेत्र नं १ मा मतदान सकिएलगत्तै मतपेटिका सङ्कलन र गणनाको लागि स्थल बनाउने काम सुरु गरिएको निर्वाचन अधिकृत मानबहादुर विष्टले जानकारी दिए । दाङ क्षेत्र नम्बर १ को मतगणना लमही नगरपालिकाको कार्यालयमा हुनेछ ।

त्यसैगरी क्षेत्र नम्बर २ को जिल्ला समन्वय समितिमा मतगणना गर्ने र सो स्थललाई तारजाली लगाउने, सिसी क्यामरा जडान गरेर सुरक्षित गर्ने काम भइसकेको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए । प्रत्यक्षतर्फको मतगणना सकिएपछि समानुपातिकको गणना सुरु हुनेछ ।

क्षेत्र नम्बर ३ को भूसंरक्षण कार्यालय तुलसीपुरमा गणना गरिने तयारी गरिएको छ । मत गणनास्थलमा तारजाली लगाउने र सिसी क्यामरा जडान गर्ने काम सकिएको क्षेत्र नं ३ का निर्वाचन अधिकृत डोलनाथ न्यौपानेले जानकारी दिए ।

दाङमा निर्वाचन क्षेत्र नं ३ निर्वाचन क्षेत्रका तीनवटै क्षेत्रबाट मतगणना गर्न थालिएको हो । प्रत्येक घण्टा मतगणनाको अपडेट सार्वजनिक गरिनेसमेत निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । दाङमा एक सय ५३ मतदानस्थल, चार सय ६५ मतदान केन्द्र छन् । दुईवटा अस्थायी मतदान केन्द्र पनि तोकिएको छ ।

अस्थायी मतदान केन्द्रबाट कैदीबन्दीले मतदान गर्नेछन् दाङमा एक सय ५३ मतदानस्थल र चार सय ६५ मतदान केन्द्र रहेका छन् । चार लाख १४ हजार नौ सय ५६ जना मतदाता रहेका छन् ।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  १० : ११ बजे

इरानलाई अमेरिकाको नयाँ प्रस्ताव : परमाणु कार्यक्रम रोक्नेदेखि हर्मजु स्ट्रेट खोल्नेसम्म

वासिङ्टन- अमेरिकाले इरानसँग युद्धविरामका लागि फेरि नयाँ प्रस्ताव पठाएको छ।

कतारी तटनजिकै जहाजमा हमला, खार्ग टापुबाट तेल चुहिएर समुद्रतिर

दोहा- कतारको तट नजिएकै एउटा जहाजमा आक्रमण भएको छ। बेलायती

मुख्यमन्त्री बनेपछि विजयको सम्बोधन : धर्मनिरपेक्ष र सामाजिक न्यायमा आधारित नयाँ युग सुरू भयो

चेन्नई- तमिलगा भेत्री कझगम (टीभीके) पार्टीका प्रमुख सी. जोसेफ विजयले

अभिनय छाडेर राजनीतिमा होमिएको दुई वर्षमै विजय बने तमिलनाडुका मुख्यमन्त्री

चेन्नई- तमिलगा भेत्री कडगम (टीभीके) का प्रमुख तथा अभिनेताबाट राजनीतिज्ञ

रास्वपाले आज ‘नीति मन्थन’ कार्यक्रम गर्दै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज ‘विपद् जोखिम न्यूनीकरण