अहिलेको अध्यादेश राष्ट्रपतिबाट प्रमाणीकरण हुँदैन | Khabarhub Khabarhub

अहिलेको अध्यादेश राष्ट्रपतिबाट प्रमाणीकरण हुँदैन


४ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को संशोधन गरेर आपराधिक राजनीतिक आवरणमा आपराधिक घटनामा संलग्नहरूलाई उन्मुक्ति दिनको खोजेको भन्दै यति बेला यसको विरोध भइरहेको छ । कतिपय सन्दर्भमा यसको समर्थन गरेर यसको छिटो भन्दा छिटो अध्यादेश ल्याउनु पर्दछ भन्नेहरू पछि छन् । आखिर सरकारले यो संहिताको संशोधन गरेर राजनीतिक आवरणमा आपराधिक घटनामा संलग्नहरूलाई साँच्चै उन्मुक्ति दिनको खोजेकै हो ? यसै विषयमा आधारित भएर नेपाल बार एसोसिएसनका निवर्तमान महासचिव तथा वरिष्ठ अधिवक्ता लिलामाणि पौडेलसँग सुशील पाण्डेले गरेको कुराकानीको सम्पादित अंश:

सरकारले यो अध्यादेश ल्याउनुको नियत के हो ?
सरकारको नियत नै अध्यादेश ल्याउने र आफूखुशी राजनीति गर्नु जस्तो भयो । संसदीय अध्यादेशको उपदफा ९ लाई हेर्दा जुन उसले बिभिन्न समयमा राजनीतिक समूह दलका नामबाट भएका क्रियाकलापहरूमा संलग्न भएका मुद्दा मामिलाको सन्दर्भमा फिर्ता लिन सक्ने हिसाबले संशोधन गरेर ल्याउन खोज्यो । दफा ११६ ले त्यो फिर्ता लिन नमिल्ने,यदि फिर्ता दिने हो भने सुरु तहमा जिल्ला लेबलका मुद्दा मात्र फिर्ता हुने र त्यो भन्दा माथि सर्वोच्च तहमा रहेको फिर्ता लिन नमिल्ने भनेको थियो । यसमा संशोधन गरेर संविधानको धारा १४ ले कस्तो अवस्थामा अध्यादेश हुनु पर्दछ भनेको थियो त्यो भन्दा ठिक विपरीत दङ्गले यो आयो । त्यसैले आम जनमासको चासो यसमा गएको छ, मेरो सोचाइमा पनि यो गलत हो ।

बदनियतका साथ ल्याइएको हो त ?
यो अहिले फिर्ता लियो भने भोलि सरकार बन्दा सजिलो होला भन्ने उद्देश्य हो । यो अध्यादेश ल्याउने अहिलेको समय उपयुक्त हैन । अत्यन्त आवश्यक परेको अवस्थामा यो अध्यादेश ल्याउनु पर्ने थियो ।

यो विधेयक मुलतः रेशम चौधरीलाई छुट्टाउन ल्याएको हो भन्ने बुझाई छ नि ?
यसमा कुनै बहुमत छैन, त यो अरू समयमा पनि त ल्याउन सकिन्थ्यो नि । यो अहिले एमाले बाहिर छ । यो गठबन्धनले आफ्नो पार्टीमा समेट्नको लागि ल्याइएको होला । अपराधलाई उन्मुक्ति दिनु हुँदैन । अहिले यो अध्यादेशको विरोध गर्नुको कारण भोलिका दिनमा कुनै अपराधिका क्रियाकलापमा लागेका व्यक्तिले एउटा दल विशेषको नाम लिएर आपराधिक क्रियाकलाप गर्ला कि भन्ने त त्यसैले यो गलत छ फिर्ता हुनु पर्दछ ।

राजनीतिक अपराधलाई छुट दिन मिल्छ ? मान्छे मार्न कुट्न पाइन्छ त ?
राजनीतिको रूपमा जनता मार्नु हुँदैन । सही र शान्तिपूर्ण तरिकाले भएको परिवर्तन राम्रो हो । बल प्रयोग गरेर राजनीति हुँदैन ।

तथ्य प्रमाणका आधारमा यो मुद्दा रेशम चौधरीका लागि नै फिर्ता नि खोजेको भए के होला ?
नियम र कानुनका आधारमा यो गलत हो । राज्य यो फिर्ता लिन ल्याएको पन हैन र यो फिर्ता पनि हुँदैन । तर यो राष्ट्रपतिबाट प्रमाणीकरण हुँदैन । तर राष्ट्रपतिले रोक्नु पर्ने अधिकार पनि छैन । यो फिर्ता लिनु राज्य र सरकारका लागि राम्रो हो ।

प्रस्तुति : पुष्पाञ्जली बस्नेत

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  ७ : ३९ बजे

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण

पोखरामा एक बालकको शव फेला

पोखरा – पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव

हिउँद सुरु भएपछि आगलागीबाट ९६ जनाको मृत्यु, दुई अर्ब बढीको क्षति

काठमाडौं– हिउँद याम सुरु भएसँगै लामो समयसम्म वर्षा नभएपछि आगलागीका

सरकारविरुद्ध षड्यन्त्र रोक्न जसपा फुटायौं : मन्त्री साह (अन्तर्वार्ता)

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजित भएको छ