विश्व इतिहासमा आजः कोरियामा महिला राष्ट्रपतिदेखि क्लिनन्टनमाथि महाअभियोग | Khabarhub Khabarhub

विश्व इतिहासमा आजः कोरियामा महिला राष्ट्रपतिदेखि क्लिनन्टनमाथि महाअभियोग


४ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

आज १९ डिसेम्बर। प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही महत्वपूर्ण घटना :

दक्षिण कोरियामा पहिलो महिला राष्ट्रपति
सन् २०१२ मा दक्षिण कोरियामा पहिलो महिला राष्ट्रपति निर्वाचित भएकी थिइन्। आजकै दिन पार्क गिउन हाय देशको पहिलो महिला राष्ट्रपति र दक्षिणपूर्वी एसियाको सरकार प्रमुख बनेकी थिइन्। सन् २०१३ को फेब्रुवरीमा पार्कले कार्यभार सम्हालेकी थिइन्।

हङकङ चीनको स्वामित्वमा रहने सन्धीमा हस्ताक्षर
सन् १९८४ मा हङकङ सन्धीमा हस्ताक्षर भएको थियो। बेलायत सरकार, उत्तरी आयरल्यान्ड र जनगणतन्त्र चीन सरकारबीच संयुक्त घोषणापत्रमा हस्ताक्षर भएको थियो।

चीन–ब्रिटिस सन्धिसमेत भनिने उक्त सम्झौतमा चीनको तर्फबाट झाओ जियाङ र बेलायतको तर्फबाट मार्गरेट थ्याचरले हस्ताक्षर गरेका थिए। सन्धिमा सन् १९९७ को १ जुलाइदेखि हङकङ चीनको स्वामित्वमा रहने उल्लेख छ।

एपोलो १७ को अन्तिम मिसन
सन् १९७२ मा एपोलो १७ पृथ्वीमा फर्किएको थियो। अमेरिकाको एपोलो कार्यक्रमअन्तर्गतको अन्तिम मिसन एपोलो १७ ले १२ दिनसम्म अन्तरिक्षमा बिताएको थियो।

एपोलो १७ अमेरिकाबाट रातको समयमा पठाइएको पहिलो मानवसहितको उडान हो। एपोलोमा रहेका तीन सदस्यहरुले चन्द्रमाको कक्ष घुमेर १२ दिन बिताएका थिए।

क्लिन्टनमाथि महाअभियोग
सन् १९९८ मा अमेरिकाका तत्कालीन राष्ट्रपति बिल क्लिन्टनमाथिको महाअभियोगलाई तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले अनुमोदन गरेको थियो। भुटो अभिव्यक्ति दिएको र न्यायमा अवरोध गरेको भन्दै तल्लो सदननले क्लिन्टनमाथि महाअभियोग लगाएको थियो। एक महिनापछि आजकै दिन माथिल्लो सदन सिनेटले उनलाई सफाइ दिएको थियो।

 

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  ६ : १७ बजे

गृहमन्त्रीको सम्पत्ति : दुई बैंकमा खाता, भक्तपुरमा १ रोपनी जग्गा, श्रीमती निकिता करोडपति

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो सम्पत्ति विवरण सार्वजनिक

प्रधानमन्त्री दाहालले कति सम्पत्ति देखाए ?

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले एक घर, १५ कठ्ठा जमिन,

चितवनमा पहिलोपटक शल्यक्रियाबिना टालियो मुटुको प्वाल

चितवन- चितवनमा पहिलोपटक शल्यक्रियाबिना मुटुको प्वाल टालिएको छ । चितवन

प्रधानमन्त्रीको सम्पत्ति सार्वजनिक

काठमाडौं– मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

रौतहट– संगठित अपराध, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान