फुटबलबाट सन्न्यास नलिने मेस्सीको घोषणा « Khabarhub

फुटबलबाट सन्न्यास नलिने मेस्सीको घोषणा


४ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

दोहा – फिफा विश्वकप कतार २०२२ को उपाधि जितेपछि अर्जेन्टिनी कप्तान लिओनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास नलिने घोषणा गरेका छन्।

आइतबार राती कतारको लुसेल रंगशालामा भएको फाइनल खेलमा बिजेता भएपछि कप्तान मेस्सीले आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

उपाधि जितेपछि उनलाई भविष्यबारे गरिएको प्रश्नमा मेस्सीले भने, ‘यो कप हेर्नुहोस् कति सुन्दर छ। यसका लागि हामीले निकै मिहिनेत गरेका छौं। म अर्जेन्टिना पुगेर त्यहाँको वातावरण हेर्न आतुर छु। म राष्ट्रिय टोलीबाट बिदा लिने छैन। म एक च्याम्पियन बनेर राष्ट्रिय टोलीबाट खेलिरहन चाहन्छु।’

मेस्सीले फिफा विश्वकप कतार २०२२ मा सर्वोत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल पनि जिते। उनले पहिलो पटक विश्वकप जित्ने क्रममा प्रतियोगिता अवधिभर सानदार प्रदर्शन गरेका थिए। अर्जेन्टिनाको उपाधि यात्रामा ७ गोल र ३ असिस्ट गर्दै मेस्सीले गोल्डेन बल पाएका हुन्।

फाइनलमा दुई गोल गरेका उनले प्रतियोगिताको हरेक चरणमा गोल गर्ने दुर्लभ उपलब्धि पनि हासिल गरे। मेस्सीले प्रतियोगिताको ६ खेल खेल्दा एक खेलमा मात्र गोल गर्न सकेनन्। पहिलो खेलमा साउदीविरुद्ध गोल गरेका मेस्सीले दोस्रो खेलमा मेक्सिकोविरुद्ध १ गोल र १ असिस्ट दिएका थिए।

तेस्रो खेलमा पोल्यान्डविरुद्ध उनले गोल गर्न सकेनन्। उक्त खेलमा मेस्सीको पेनाल्टी गोलरक्षक वोज्सिएक सेचेज्नीले बचाएका थिए। नकआउट चरणको सबै खेलमा मेस्सीले गोल गरे। अष्ट्रेलियाविरुद्ध एक गोल गरेका मेस्सीले त्यसयता नेदरल्यान्ड्स र क्रोएसिया दुवै विरुद्ध १ गोल र १ असिस्ट दिए। फाइनलमा दुई गोल गर्दै मेस्सीले अर्जेन्टिनालाई उपाधितर्फ डोर्याएका थिए।

प्रतियोगितामा फ्रान्सका किलीयन एमबाप्पेले सिल्भर बल प्राप्त गरे। उनले सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट पनि हासिल गरेका छन्। क्रोएसियाका लुका मोड्रीचले ब्रोन्ज बल हात पारे। प्रतियोगिताका शीर्ष तीन खेलाडीलाई क्रमश: गोल्डेन, सिल्भर र ब्रोन्ज बल प्रदान गरिँदै आएको छ।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  ७ : ५६ बजे

राष्ट्रपति पौडेलबाट बङ्गलादेशका नवनिर्वाचित राष्ट्रपतिलाई बधाई

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल इस्लाम

देशभर मनसुन सक्रिय, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पहिरोले देशका विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

सम्बन्ध विच्छेदका मुद्दा उच्च

पाँचथर– जिल्ला अदालत पाँचथरमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा

शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ ६ गते शनिबार सन् २०२६ अगष्ट