काठमाडौँ महानगरद्वारा डोटीका भूकम्पपीडितलाई सहयोग « Khabarhub

काठमाडौँ महानगरद्वारा डोटीका भूकम्पपीडितलाई सहयोग


४ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– डोटीको पूर्वीचौकी गाउँपालिकाका भूकम्पपीडितलाई काठमाडौँ महानगरपालिकाले आर्थिक सहयोग गरेको छ ।  काठमाडौँ महानगरपालिकाले डोटीमा भूकम्पबाट घर भत्केर बिचल्लीमा परेका परिवारलाई १० लाख आर्थिक सहयोग गरेको हो । गएको कात्तिक २३ गते पूर्वीचौकी गाउँपालिकामा गएको ६ दशमलव ६ रेक्टर स्केलको भूकम्पले छ जनाको ज्यान गएको थियो भने तीन हजार आठ सय घरटहरा भत्किएका थिए ।

काठमाडौँ महानगरपालिकामा डोटीका भूकम्पपीडितका लागि सहयोगको अनुरोध गरिएपछि महानगरबाट विपद् व्यवस्थापनअन्तर्गतको बजेटबाट गाउँपालिकालाई १० लाख सहयोग उपलब्ध गराइएको महानगर प्रमुख बालेन शाहले बताए । उनले भने, ‘भूकम्पपीडितका समस्याका विषयमा हामीले जानकारी पायौँ र केही रकम आर्थिक सहयोग गरेका छौँ, आशा छ हाम्रो सहयोगले पीडितका समस्या केही हदसम्म भए पनि समाधान हुने छन् ।’

उक्त आर्थिक सहयोग पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायमार्फत हस्तान्तरण गरिएको काठमाडौँ महानगर पालिकाले जनाएको छ । 

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  ४ : १५ बजे

प्रतिनिधिसभा निर्वाचन : नदी नियन्त्रण र वन संरक्षण मतदाताका मुख्य माग

महोत्तरी– जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ मा चुनावी चहलपहल सुरु

‘रुपान्तरणसँगै कांग्रेसमा उत्साह छ, असन्तुष्टि मिलाउँछौं’

फागुन २१ मा हुने निर्वाचनको सरगर्मी देशभर फैलिसकेको छ। सबै

सुनको मूल्यमा एकै दिन २० हजार ५ सय रुपैयाँले वृद्धि, प्रतितोला ३ लाख ४० हजार नजिक

काठमाडौं– नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको

दरबारमार्गको एक होटलमा आगलागी (फोटो फिचर)

काठमाडौं – काठमाडौँको दरबारमार्ग क्षेत्रमा रहेको एक होटलमा आगलागी भएको

स्कुटर दुर्घटनामा एक युवतीको मृत्यु

तनहुँ– पृथ्वीराजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका–१ गुणादीमा आज बिहान स्कुटर दुर्घटना हुँदा