नर्सरीका बिरुवाले पाएनन् बजार « Khabarhub

नर्सरीका बिरुवाले पाएनन् बजार


४ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

गोलबजार– सिरहाको लहान नगरपालिका-१९ कटहाका सत्यनारायण महतो विगत १७ वर्षदेखि नर्सरी फार्ममा बिरुवा उत्पादन गरिरहेका छन् । एक बिघा क्षेत्रफलमा नर्सरी सञ्चालन गर्दै आएका उनी अब यसलाई बढाएर १५ कठ्ठा पुर्‍याउने योजनामा छन्। तर नर्सरीमा भएका बिरुवा समयमै बिक्री नहुँदा भने उहाँ चिन्तामा छन्। 

बिना कुनै तालिम लामो समयदेखि नर्सरीमै व्यस्त रहेको उनको परिवारले यतिबेला नयाँ प्रविधि भित्र्याएर उन्नतजातका बिरुवा उत्पादन गरिरहेको छ तर बजारमा बिरुवाको माग बढ्न नसक्दा आम्दानी संकुचित हुँदै गएको उनको भनाइ छ ।

‘आम्दानी नराम्रो होइन, अहिले पनि वार्षिक २० लाखको कारोबार गर्छौ’, उनले भने, ‘यद्यपि समयमै विरुवा बिक्री हुन सक्यो भने थप पाँच लाखको कारोबार गर्न सक्ने ठाउँ छ ।’ नर्सरीमा उत्पादन भएका बिरुवा समयमै बिक्री नहुँदा नर्सरीमै बिरुवा सुक्ने गरेको सत्यनारायणका छोरा नरेशको भनाइ छ । 

‘नर्सरीमा तयार भएका विरुवा बजार अभावका कारण समयमै बिक्री हुननसक्दा बिरुवा बिक्री हुन सकेका छैनन्’,उनले भने, ‘विरुवाले समयमै बजार नपाउँदा लगानी घाटामा जाने गरेको छ ।’

महतोले नर्सरी बिस्तारका लागि सरकारसँग अनुदानका लागि आग्रह गरे पनि हालसम्म कुनै सरकारी अनुदान प्राप्त नभएको गुनासो गरे। ‘अहिलेसम्म पाँच पटकसम्म अनुदानका लागि आग्रह गरिसकेको छु’, उनले भने, ‘प्रत्येक पटक खाली हात लाग्छ, अहिले त अनुदान नमाग्ने निर्णयमा पुगेको छु ।’

महतोको नर्सरीमा विभिन्न २२ प्रजातिका ८० हजारभन्दा बढी आँपको बिरुवा छन् । जसमा मुख्य प्रजातिमा मालदह, बम्बै, कलकत्तिया, दसहरी, अमरपालिलगायत आँपका बिरुवा छन् । साथै  लिचीमा साही, मझफपुर, सरलेश, चानिजका बिरुवा छन् ।

महतोका अनुसार नर्सरीमा कटहर, जामुन, अनार, धुपी, नरिवल, अम्बा, बैर, तेजपात, निम्बु, बेल, अमला, निम, सुपारी, अशोक, सफेद, महगनी, टिक, गमहार, बाँस, रक्तचन्दन, सल्ला, पपिता, केला, मरिच, अङ्गुर तथा घर, अफिस, बगैँचाका लागि उपयुक्त फुल पनि उत्पादन हुँदै आएका छन् ।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  ४ : २८ बजे

विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन आग्रह

दाङ– लुम्बिनी प्रदेश सरकारले सम्भावित विपद् प्रतिकार्यका लागि उच्च सतर्कता

भँडारे खोलामा सडकमाथिबाट लेदोसहितको बाढी आउँदा सिद्धिचरण लोकमार्ग अवरुद्ध

ओखलढुङ्गा– लगातारको वर्षाका कारण ओखलढुङ्गाको सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको छ

परराष्ट्रमन्त्री खनाल र बेलायतका राज्यमन्त्री म्याकनिलबीच भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्य बेलायतका अन्तरराष्ट्रिय विकाससम्बन्धी राज्यमन्त्री

बेनी-जोमसोम-कोरला सडकमा राति गाडी चलाउन नपाइने

मुस्ताङ– उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकमा यही असोज ८

बीसौँ एसियाली खेलकुद : पुरुष क्रिकेटतर्फ नेपालले अफगानिस्तानविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं– जापानको इची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा नेपालले