चीनले लागू गरेको शून्य कोभिड नीतिका कारण आईफोनको बिक्री प्रभावित « Khabarhub

चीनले लागू गरेको शून्य कोभिड नीतिका कारण आईफोनको बिक्री प्रभावित


४ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एप्पलको आईफोन निर्माण गर्ने ताइवानी कम्पनी फक्सकनले चीनमा रहेका कारखानामा विभिन्न समस्या उत्पन्न भएपछि आफ्नो बिक्री ह्वात्तै घटेको जनाएको छ । सिंगापुरबाट प्रकाशित हुने स्ट्रेट टाइम्सका अनुसार फक्सकनले नोभेम्बर महिनामा आफ्नो बिक्रीमा ११ दशमलब ४ प्रतिशतको गिरावट आएको जनाएको हो ।

चीनको झेङ्जोउ सहरमा कोरोना भाइरसको प्रकोप देखिएसँगै चीनको शून्य कोभिड नीतिका कारण लकडाउन गरिएको र यसबाट बिक्री प्रभावित भएको जनाएको छ । उक्त सहरमा आईफोन उत्पादन एवम् जडान गर्ने फक्सकनको सबैभन्दा ठूलो कारखाना रहेको छ ।

कोरोना भाइरसको प्रकोप र त्यसपछिको लकडाउनका कारण उसैपनि उत्पादनमा गिरावट आइरहेका बेला आईफोन उत्पादन केन्द्रमा कामदारहरुले हिंसात्मक प्रदर्शन समेत गरेको स्ट्रेट टाइम्सले उल्लेख गरेको छ ।

यद्यपि हाल भने अवस्था पूर्ण रुपमा नियन्त्रणमा रहेको र आगामी दिनहरुमा आईफोनको उत्पादनमा सुधार आउने कम्पनीले दाबी गरेको छ ।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  ८ : ०५ बजे

तनहुँ जलविद्युत् आयोजनाद्वारा किसानलाई कृषि सामग्री वितरण

तनहुँ– तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका किसानलाई आर्थिक रूपमा सक्षम

इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन, अमेरिकी उपराष्ट्रपति भान्स स्वदेश फिर्ता

इस्लामावाद – इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन भएपछि अमेरिकी उपराष्ट्रपति जेडी

सांसद हर्कराज राईको भावुक भनाइ: ‘मेरो व्यक्तिगत चाहना छैन, म मरेको धेरै भयो’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज

चितवनमा रास्वपा नेतासँग भेट गर्दै गृहमन्त्री गुरुङ

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले चितवनमा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी

रौतहटको ग्रामीण क्षेत्रमा वैकल्पिक ऊर्जाको प्रयोग गरिँदै

रौतहट– रौतहटको ग्रामीण भेगमा वैकल्पिक ऊर्जाका रूपमा गोबरको गुइँठा प्रयोग