चीनले लागू गरेको शून्य कोभिड नीतिका कारण आईफोनको बिक्री प्रभावित « Khabarhub

चीनले लागू गरेको शून्य कोभिड नीतिका कारण आईफोनको बिक्री प्रभावित


४ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एप्पलको आईफोन निर्माण गर्ने ताइवानी कम्पनी फक्सकनले चीनमा रहेका कारखानामा विभिन्न समस्या उत्पन्न भएपछि आफ्नो बिक्री ह्वात्तै घटेको जनाएको छ । सिंगापुरबाट प्रकाशित हुने स्ट्रेट टाइम्सका अनुसार फक्सकनले नोभेम्बर महिनामा आफ्नो बिक्रीमा ११ दशमलब ४ प्रतिशतको गिरावट आएको जनाएको हो ।

चीनको झेङ्जोउ सहरमा कोरोना भाइरसको प्रकोप देखिएसँगै चीनको शून्य कोभिड नीतिका कारण लकडाउन गरिएको र यसबाट बिक्री प्रभावित भएको जनाएको छ । उक्त सहरमा आईफोन उत्पादन एवम् जडान गर्ने फक्सकनको सबैभन्दा ठूलो कारखाना रहेको छ ।

कोरोना भाइरसको प्रकोप र त्यसपछिको लकडाउनका कारण उसैपनि उत्पादनमा गिरावट आइरहेका बेला आईफोन उत्पादन केन्द्रमा कामदारहरुले हिंसात्मक प्रदर्शन समेत गरेको स्ट्रेट टाइम्सले उल्लेख गरेको छ ।

यद्यपि हाल भने अवस्था पूर्ण रुपमा नियन्त्रणमा रहेको र आगामी दिनहरुमा आईफोनको उत्पादनमा सुधार आउने कम्पनीले दाबी गरेको छ ।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  ८ : ०५ बजे

बालेनले गरे पाथिभरा माताको दर्शन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह

प्रतिनिधिसभा निर्वाचन : काभ्रेका ८८ मतदानस्थल संवेदनशील

काभ्रेपलाञ्चोक– जिल्ला प्रहरी कार्यालयले ८८ मतदानस्थल संवेदनशील रहेका तथा तिनमा

कांग्रेस सभापतिसहित नवनिर्वाचित पदाधिकारीले आज पदबहाली गर्ने

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीले शुक्रबार पदबहाली

बाइस बिघाको गडबिजुला ताल पाँच बिघामा खुम्चियो

कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाको सीमा क्षेत्रमा अवस्थित

कांग्रेसमा विरासतको पूर्णविराम : सन्तानले थेग्न सकेनन् पितृ भार

काठमाडौं – नेपाली कांग्रेसमा कयौं नेताहरु पारिवारिक विरासत (लिगेसी) का