तालिबानको शासनमा सार्वजनिक मृत्युदण्डको व्यवस्था सुरु « Khabarhub

तालिबानको शासनमा सार्वजनिक मृत्युदण्डको व्यवस्था सुरु


४ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तालिबानले अफगानिस्तानमा सार्वजनिक मृत्युदण्डको व्यवस्था सुरु गरेको छ । गत वर्षको अगष्ट महिनायता अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले मुलुकको फराह प्रान्तमा एक जना पुरुषलाई सार्वजनिक मृत्युदण्ड दिएको हो ।

तालिबानले हत्या आरोपित एक जना पुरुषलाई मृत्युदण्ड दिएकोबारे तालिबानका प्रवक्ता जबिहउल्लाह मुजाहिदले पनि पुष्टि गरेको अमेरिकी प्रसारक भ्वाइस अफ अमेरिका भीओएले जनाएको छ ।

फराह प्रान्तको पश्चिमी क्षेत्रमा ती पुरुषलाई रंगशालामा लगेर मृत्युदण्ड दिइएको जनाइएको छ । उनको मृत्युदण्ड हेर्न सयौँ मानिसहरुको उपस्थिती रहेको मुजाहिदलाई उद्धृत गर्दै भीओएले जनाएको छ ।

मृत्युदण्ड पाएका व्यक्ति तालिबानको अदालतमा दोषी ठहर भएको जनाइएको छ । ती व्यक्तिले छुरा प्रहार गरी हत्या गरेको र हत्या गरिएका व्यक्तिको मोटरसाइकल र अन्य सम्पत्ति लुटेको स्वीकार गरेको मुजाहिदले जनाएका छन् ।

उनलाई हत्या गरिएका व्यक्तिका बाबुले गोली प्रहार गरी मृत्युदण्ड दिइएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  ९ : २० बजे

बालेनले गरे पाथिभरा माताको दर्शन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह

प्रतिनिधिसभा निर्वाचन : काभ्रेका ८८ मतदानस्थल संवेदनशील

काभ्रेपलाञ्चोक– जिल्ला प्रहरी कार्यालयले ८८ मतदानस्थल संवेदनशील रहेका तथा तिनमा

कांग्रेस सभापतिसहित नवनिर्वाचित पदाधिकारीले आज पदबहाली गर्ने

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीले शुक्रबार पदबहाली

बाइस बिघाको गडबिजुला ताल पाँच बिघामा खुम्चियो

कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाको सीमा क्षेत्रमा अवस्थित

कांग्रेसमा विरासतको पूर्णविराम : सन्तानले थेग्न सकेनन् पितृ भार

काठमाडौं – नेपाली कांग्रेसमा कयौं नेताहरु पारिवारिक विरासत (लिगेसी) का