चिडियाखानाको सिंहमा कोरोना संक्रमण: नयाँ भेरियन्टको जोखिम बढेको विज्ञको चिन्ता « Khabarhub

चिडियाखानाको सिंहमा कोरोना संक्रमण: नयाँ भेरियन्टको जोखिम बढेको विज्ञको चिन्ता


६ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – दक्षिण अफ्रिकाको एउटा चिडियाखानामा सिंहमा कोरोना संक्रमण देखिएपछि विज्ञले नयाँ भेरियन्टको जोखिम बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

उक्त सिंहलाई रेखदेख गर्ने कर्मचारीबाट कोरोना सरेको हुनसक्ने अध्ययनले देखाएको छ । प्रीटोरिया विश्वविद्यालयका वैज्ञानिकको अध्ययनले कर्मचारीबाट सिंहमा कोरोना सरेको औंल्याएका हुन् ।

भाइरस जनावरमा फैलिएर पुनः मानिसमा सरेमा नयाँ फेरिअन्टको उत्पत्ती हुनसक्ने खतारा देखाउँदै वैज्ञानिकले सचेत हुन अनुरोध गरेका छन् । कोरोना देखिएको उक्त सिंहमा मानिसमा जस्तै लक्षण देखिएको बीबीसीले उल्लेख गरेको छ ।

सिंहलाई श्वास फेर्न गाह्रो भएको, नाकबाट सिँगान बगेको र सुक्खा खोकी लागेको समाचारमा उल्लेख छ । त्यहाँ कार्यरत कर्मचारीमा कोरोना पुष्टि भए पनि लक्षण भने देखिएको छैन ।

जनावरमा कोरोना देखिएपछि वैज्ञानिकले जनावरको रेखदेख गर्दा पनि मास्क लगाउन सुझाव दिएका छन् ।

सिंहलाई संक्रमण देखिएको चिडियाखानामा अर्को एक प्युमामासमेत कोरोना सरेको पाइएको छ । यसले जनावरबाट नयाँ भेरियन्त उत्पत्ती हुने भन्दै वैज्ञानिक चिन्तित बनेका हुन् ।

प्रकाशित मिति : ६ माघ २०७८, बिहीबार  ५ : ४२ बजे

काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी

काठमाडौं– प्रतिनिधिसभा सदस्यको आज सम्पन्न निर्वाचनमा काठमाडौँ जिल्लामा ६० देखि

प्रधानमन्त्रीलाई ‘आमा’ भन्दै बालेनको टिप्पणी- आज लोकतन्त्रले जितेको छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र  पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह

अब कम्तिमा पाँच वर्ष नङमा मसी पोत्न नपरोस् !

जनताले एक पटक फेरि सार्वभौम अधिकार प्रयोग गरेर शक्तिको साँचो

प्रतिनिधिसभा सदस्य निर्वाचन : शान्तिपूर्ण रुपमा सम्पन्न

काठमाडौं– छिटपुट सामान्य घटनाबाहेक प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान आज देशभर

दोलखाको मालुमा साँझ परेपछि अघि बढ्यो मतदान, खोज्न थालियो मतदाता

दोलाखा- देशका अन्य ठाउँमा मतदान सकिइसक्दा दोलखाको तामाकोशी गाउँपालिका वडा