इन्डोनेसियाले यसकारण सार्‍यो राजधानी « Khabarhub

इन्डोनेसियाले यसकारण सार्‍यो राजधानी


६ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाकार्ता – इन्डोनेसियाले अहिलेको व्यस्त राजधानी जर्कातालाई बोरिनो टापुतर्फ सारेको छ ।

अहिलेको राजधानी जाकार्ताबाट १३ सय किलोमिटर टाढा रहेको कलिमन्थन प्रान्तको बोर्नियो द्विपमा नयाँ राजधानी बनाउन लागेको हो । राजधानी सार्नेसम्बन्धि विधेयक त्यहाँको संसदले सोमबार पारित गरेको छ ।

नयाँ राजधानीको नाम नुसन्तारा राख्ने निर्णय पनि संसदले गरेको छ । नुसन्ताराको अर्थ द्विपसमूह हो ।

राष्ट्रपति जोको विदोदोले केही वर्षअघि नै राजधानी सार्ने घोषणा गरेका थिए् ।

किन सर्दैछ राजधानी ?

राजधानी सार्नुपर्ने कारण बुझ्न गाहो छैन । जार्काता हरेक वर्ष १ देखि १५ सेन्टिमिटरका दरले डुबिरहेको छ । सहरको झन्डै आधा भन्दा बढी भाग समुद्रको सतहमुनि छ । जाकार्ता दलदल भूमिमा छ । जाभा समुद्रले राजधानी वरपरको भूभागलाई बारम्बार धक्का दिइरहेको छ ।

राजधानीको ट्राफिक जाम पनि भयाबह छ । सन् २०१६ मा गरिएको एक सर्बेक्षणमा इन्डोनेसियाको ट्राफिक संसारकै खराबमध्येको एक थियो । वैठकस्थलमा पुग्न मन्त्रीहरुलाई प्रहरीले लामो स्कटिङ गर्नु सामान्य जस्तो बनेको छ ।

अहिलेको राजधानी सहरको जनसंख्या ३ करोड पुगेको छ । पानी प्रदुषित छ । राजधानी सार्ने कार्यका लागि मात्र सरकारले ३३ अर्ब डलर खर्च गर्नुपर्नेछ । यसका लागि ९ देखि १५ लाख मानिसको आवासका लागि ३० हजारदेखि ४० हजार हेक्टर भूमि आवश्यक पर्नेछ ।

राजधानी स्थानान्तरण गर्ने योजना बनाउने इन्डोनेसिया मात्र पहिलो देश होइन । विश्वका अन्य देश पनि छन, जसले ढिलो चाडो अहिले भइरहेको राजधानी परिवर्तन गर्दैछन् ।

प्रकाशित मिति : ६ माघ २०७८, बिहीबार  ७ : ५९ बजे

जाँचबुझ आयोगको प्रतिवेदन : एक विदेशीसहति २४ जना आन्दोलनकारीबाटै मारिए

काठमाडौँ- भदौ २३ र २४ को जेनजी आन्दोलनमा ७६ जनाको

जाँचबुझ आयोगको प्रतिवेदन : यी हुन् सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाउनेहरू

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भ्रामक सूचना

युक्रेनमा व्यापक आक्रमण, कैयौँ सहरमा जनजीवन प्रभावित

मस्को – रुसले युक्रेनका कैयौँ सहरमा व्यापक र हवाई आक्रमण

जाँचबुझ आयोगको प्रतिवेदन : न्यायालय राजनीतिक चंगुलमा फस्यो

काठमाडौं– पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले न्यायालय राजनीतिक चंगुलमा

बेलायत र फ्रान्सले ‘स्ट्रेट अफ हर्मुज’ पुनः सञ्चालन गर्ने पहल गर्ने

लण्डन – बेलायत र फ्रान्सले मध्यपूर्व युद्धको सुरुवातदेखि इरानले प्रभावकारी