स्थानिय तह निर्वाचनको लागि आयोगले अर्को मिति प्रस्ताव गर्दै « Khabarhub

स्थानिय तह निर्वाचनको लागि आयोगले अर्को मिति प्रस्ताव गर्दै


६ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – निर्वाचन आयोगले वैशाख २२ र २८ गतेको मिति तय गर्दै स्थानिय तहका निर्वाचनको मिति घोषणा गर्न सरकारलाई सुझाव दिने भएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशचन्द्र थपलियाका अनुसार यसअघि दिईएको बैशाख १४ र २२ मा स्थानिय तहको निर्वाचन गराउन सरकारले नसकेमा दोस्रो विकल्पको रुपमा २२ र २८ बैशाखको मिति प्रस्ताव गर्ने तयारी गरेको हो ।

गत ९ पुसमा सरकारलाई सुझाव दिदैँ आयोगले एकै चरणमा भए वैशाख १४ मा निर्वाचन गर्न र दुई चरणमा गर्ने भएमा २२ बैशाख उपयुक्त हुने धारणा राखेको थियो । ‘हामीले जेठ ५ गते स्थानिय तहको अन्तिम म्याद रहने र म्याद थप गर्ने संवैधानिक व्यवस्था नभएकाले सो मिति भित्रै निर्वाचन गराउन सुझाव दिईसकेका छौं,’ थपलियाले सञ्चारकर्मीसँग भने, ‘माघ पहिलो साता नै मिति तय गरेको खण्डमा आयोगले निर्वाचनको तयारी गर्नसक्नेछ भन्ने बिषयमा पनि ध्यानाकषर्ण गराईसकेका छौं ।’

उनका अनुसार बैशाख २२ मा एकै चरणमा गर्न नसके सरकारका लागि २७ र २८ बैशाखको मिति प्रस्ताव गर्न लागिएको हो ।

प्रकाशित मिति : ६ माघ २०७८, बिहीबार  ८ : ४१ बजे

जाँचबुझ आयोगको प्रतिवेदन : एक विदेशीसहति २४ जना आन्दोलनकारीबाटै मारिए

काठमाडौँ- भदौ २३ र २४ को जेनजी आन्दोलनमा ७६ जनाको

जाँचबुझ आयोगको प्रतिवेदन : यी हुन् सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाउनेहरू

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भ्रामक सूचना

युक्रेनमा व्यापक आक्रमण, कैयौँ सहरमा जनजीवन प्रभावित

मस्को – रुसले युक्रेनका कैयौँ सहरमा व्यापक र हवाई आक्रमण

जाँचबुझ आयोगको प्रतिवेदन : न्यायालय राजनीतिक चंगुलमा फस्यो

काठमाडौं– पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले न्यायालय राजनीतिक चंगुलमा

बेलायत र फ्रान्सले ‘स्ट्रेट अफ हर्मुज’ पुनः सञ्चालन गर्ने पहल गर्ने

लण्डन – बेलायत र फ्रान्सले मध्यपूर्व युद्धको सुरुवातदेखि इरानले प्रभावकारी