एमाले महोत्तरी अधिवेशन फेरि स्थगित « Khabarhub

एमाले महोत्तरी अधिवेशन फेरि स्थगित


६ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – एमाले महोत्तरीको बुधबार र बिहीबार हुने भनिएको जिल्ला अधिवेशन कोरोनाको कारण देखाउँदै रोकियो । सरकारले २५ जनाभन्दा बढी भेला हुन नपाइने, सभा, सम्मेलन गर्न नपाउने जस्ता निर्देशन जारी गरेपछि अधिवेशन स्थगित गरिएको एमालेले जनाएको छ ।

तर यो आचारसंहिता नभएको भए पनि जिल्ला अधिवेशन गर्न नसकिने एमालेकै नेताहरूको तर्क छ । अधिवेशनको तयारीका लागि बनाइएको जिल्ला आयोजक कमिटीमा विवाद नहुन्जेल अधिवेशन हुनै नसक्ने एकथरी नेताको ठोकुवा छ भने अर्कोथरी नेताहरूले आयोजक कमिटी बनाएर सपथग्रहणसमेत गराइसकिएको दाबी गरेका छन् ।

एमालेभित्रै आयोजक कमिटी बनाएर अधिवेशनको पूर्ण तयारी रहेका बेला कोरोनाको कारण नै स्थगित भएको दाबी गर्छन् । एमालेका पोलिटब्युरो सदस्य तथा महोत्तरीका नेता रामदयाल मण्डल । उनले विधि र विधानअनुसार नै आयोजक कमिटीलाइ सपथ खुवाएको जिकिर गरे ।

तर अर्का केन्द्रीय सदस्य सरोज यादव भने सपथग्रहण असहमतिमै खुवाएको हुँदा यो पूर्णत: अवैधानिक र अव्यावहारिक भएको दाबी गर्छन् ।

‘केन्द्रको संगठन विभाग प्रमुखबाट जिल्ला आयोजक कमिटी गठनलाई स्थगित गर्नु भन्ने निर्देशन भइसकेको छ । तैपनि उनीहरू त्यसलाई वैधानिक मान्छन् भने हामी के भन्न सक्छौ र,’ सदस्य यादवले भने ।

जिल्ला अधिवेशनका लागि एकथरीले तयारी पुगिसकेको बताए पनि यादव पक्षले भने अहिलेसम्म कुनै तयारी नभएको दाबी गरेको छ । ‘रामदयाल मण्डलले मात्र पार्टीलाई हाँक्नुहुन्छ भने हामीलाई भन्नु केही छैन । नत्र सबैजना विधि र विधानअनुसार चल्नै पर्छ,’ नेता यादवले भने।

महोत्तरीमा अधिवेशनको तयारी नपुगेको भन्दै २४ र २५ पुसमा गर्नुपर्ने अधिवेशन ५ र ६ माघलाई निर्धारण गरिएको थियो ।

प्रकाशित मिति : ६ माघ २०७८, बिहीबार  ११ : ०५ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको