एमाले महोत्तरी अधिवेशन फेरि स्थगित « Khabarhub

एमाले महोत्तरी अधिवेशन फेरि स्थगित


६ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – एमाले महोत्तरीको बुधबार र बिहीबार हुने भनिएको जिल्ला अधिवेशन कोरोनाको कारण देखाउँदै रोकियो । सरकारले २५ जनाभन्दा बढी भेला हुन नपाइने, सभा, सम्मेलन गर्न नपाउने जस्ता निर्देशन जारी गरेपछि अधिवेशन स्थगित गरिएको एमालेले जनाएको छ ।

तर यो आचारसंहिता नभएको भए पनि जिल्ला अधिवेशन गर्न नसकिने एमालेकै नेताहरूको तर्क छ । अधिवेशनको तयारीका लागि बनाइएको जिल्ला आयोजक कमिटीमा विवाद नहुन्जेल अधिवेशन हुनै नसक्ने एकथरी नेताको ठोकुवा छ भने अर्कोथरी नेताहरूले आयोजक कमिटी बनाएर सपथग्रहणसमेत गराइसकिएको दाबी गरेका छन् ।

एमालेभित्रै आयोजक कमिटी बनाएर अधिवेशनको पूर्ण तयारी रहेका बेला कोरोनाको कारण नै स्थगित भएको दाबी गर्छन् । एमालेका पोलिटब्युरो सदस्य तथा महोत्तरीका नेता रामदयाल मण्डल । उनले विधि र विधानअनुसार नै आयोजक कमिटीलाइ सपथ खुवाएको जिकिर गरे ।

तर अर्का केन्द्रीय सदस्य सरोज यादव भने सपथग्रहण असहमतिमै खुवाएको हुँदा यो पूर्णत: अवैधानिक र अव्यावहारिक भएको दाबी गर्छन् ।

‘केन्द्रको संगठन विभाग प्रमुखबाट जिल्ला आयोजक कमिटी गठनलाई स्थगित गर्नु भन्ने निर्देशन भइसकेको छ । तैपनि उनीहरू त्यसलाई वैधानिक मान्छन् भने हामी के भन्न सक्छौ र,’ सदस्य यादवले भने ।

जिल्ला अधिवेशनका लागि एकथरीले तयारी पुगिसकेको बताए पनि यादव पक्षले भने अहिलेसम्म कुनै तयारी नभएको दाबी गरेको छ । ‘रामदयाल मण्डलले मात्र पार्टीलाई हाँक्नुहुन्छ भने हामीलाई भन्नु केही छैन । नत्र सबैजना विधि र विधानअनुसार चल्नै पर्छ,’ नेता यादवले भने।

महोत्तरीमा अधिवेशनको तयारी नपुगेको भन्दै २४ र २५ पुसमा गर्नुपर्ने अधिवेशन ५ र ६ माघलाई निर्धारण गरिएको थियो ।

प्रकाशित मिति : ६ माघ २०७८, बिहीबार  ११ : ०५ बजे

जाँचबुझ आयोगको प्रतिवेदन : एक विदेशीसहति २४ जना आन्दोलनकारीबाटै मारिए

काठमाडौँ- भदौ २३ र २४ को जेनजी आन्दोलनमा ७६ जनाको

जाँचबुझ आयोगको प्रतिवेदन : यी हुन् सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाउनेहरू

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भ्रामक सूचना

युक्रेनमा व्यापक आक्रमण, कैयौँ सहरमा जनजीवन प्रभावित

मस्को – रुसले युक्रेनका कैयौँ सहरमा व्यापक र हवाई आक्रमण

जाँचबुझ आयोगको प्रतिवेदन : न्यायालय राजनीतिक चंगुलमा फस्यो

काठमाडौं– पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले न्यायालय राजनीतिक चंगुलमा

बेलायत र फ्रान्सले ‘स्ट्रेट अफ हर्मुज’ पुनः सञ्चालन गर्ने पहल गर्ने

लण्डन – बेलायत र फ्रान्सले मध्यपूर्व युद्धको सुरुवातदेखि इरानले प्रभावकारी