सरकारी अस्पतालका स्वास्थ्यकर्मीले पाएनन् जोखिम भत्ता « Khabarhub

सरकारी अस्पतालका स्वास्थ्यकर्मीले पाएनन् जोखिम भत्ता


६ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– जिल्लास्थित दुई ठूला सरकारी अस्पतालमा कार्यरत् स्वास्थ्यकर्मीले साउनयता जोखिम भत्ता पाएका छैनन् ।

यहाँका भरतपुर अस्पताल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कोभिडको बिरामीको उपचार हुँदै आएका छन् । क्यान्सर अस्पतालमा यो समयमा न्यून बिरामी भए पनि भरतपुर अस्पतालमा भने नियमित बिरामी छन् । भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार साउनयता जोखिम भत्ता उपलब्ध हुन सकेको छैन । सरकारले वैशाखबाट ६ महिनाका लागि तलबको ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरेको थियो ।

सोही अनुरुप पहिलो तीन महिनाको जोखिम भत्ता आएको भए पनि पछिल्लोसमयको भत्ता नआएको उनले जानकारी दिए । भरतपुर अस्पतालले हालसम्म रु. ११ करोड ५० लाख संघीय सरकारबाट प्राप्त जोखिम भत्ता वितरण गरिसकेको छ । सुरुवाती चरणमा अस्पताल विकास समितिले रु. ६० लाख जोखिम भत्ता वितरण गरेको थियो ।

अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले अस्पतालमा कार्यरत् चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई असारसम्मको जोखिम भत्ता वितरण गरिएको भए पनि त्यसयता निकासा हुन नसकेको बताए । भरतपुर अस्पतालले नर्सिङ कार्यक्रममा कार्यरत् कर्मचारी बाहेक सबैलाई जोखिम भत्ता तलबको ५० प्रतिशत दिएको थियो ।

उनले भने, ‘जोखिममा काम गर्नेलाई सुविधा दिनुपर्छ । निकासाका लागि अनुरोध गरेका छौं ।’ विकास समितिले रकम थप गर्नु परे तयार रहेको भन्दै उनले जोखिममा काम गर्नेलाई प्रोत्साहन गर्नुपर्ने बताए । भरतपुर अस्पतालमा रहेका कर्मचारीलाई मासिक रु. दुई करोड २५ लाख बराबर तलब खर्च हुने गर्दछ । त्यसको आधा जोखिम भत्ता दिने गरिएको छ । क्यान्सर अस्पतालमा कोभिड वार्डमा कार्यरत् चिकित्सक कर्मचारीले पनि साउनयता भत्ता पाएका छैनन् ।

अस्पतालमा साउनयता कोभिड वार्ड रहेपनि खासै बिरामी बसेको पाइएन । कहिलेकाहीँ बिरामी आउने भएकाले कर्मचारी भने खटिएका अस्पतालले जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले गतसाल काम गर्नेलाई जोखिम भत्ता दिएको बताए । झण्डै रु. ३० लाख हाराहारी जोखिम भत्ता अस्पतालले वितरण गरेको जनाएको छ । गौतमले सरकारले भत्ता पठाएमा वितरण गर्ने बताए ।

अब फेरि संक्रमण बढेकाले पहिले काम गर्नेलाई भत्ता बाँड्न पाए काम लगाउन सहज हुने उनको भनाइ छ । निजी मेडिकल कलेजले पनि कोभिडमा काम गर्नेलाई प्रोत्साहनस्वरुप जोखिम भत्ता वितरण गर्दै आएका छन् । चितवन मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाका अनुसार त्यहाँ कोभिड वार्डमा काम गर्ने चिकित्सक कर्मचारीलाई दैनिक रु. एक हजार भत्ता दिइँदै आइएको छ । संक्रमणस्थलमा काम गर्ने सबैलाई भत्ता दिइएको उनले जानकारी दिए ।

सरकारी र निजीमा संक्रमणमा काम गर्ने चिकित्सक कर्मचारीलाई जोखिम भत्ता दिन नसक्दा काममा लगाउन अप्ठ्यारो हुने प्रशासकले बताएका छन् । अस्पतालसँगै स्वास्थ्य केन्द्रमा पनि संक्रमणमा काम गर्न चिकित्सक तथा स्वास्थ्यकर्मी बाध्य छन् । पालिकाले पनि संक्रमणमा काम गर्नेलाई भत्ता दिने गरेका छन् ।

प्रकाशित मिति : ६ माघ २०७८, बिहीबार  ५ : ५७ बजे

बाढीमा परी निधन भएकाको सम्झनामा पशुपतिनाथ क्षेत्रमा दीप प्रज्वलन

काठमाडौं– यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीसहित मुलुकभर

मन्त्रिमण्डल र पार्टी नेतृत्व फेरबदल गर्ने तयारीमा जापानी प्रधानमन्त्री

एजेन्सी– जापानी प्रधानमन्त्री सानाए ताकाइचीले आफ्नो मन्त्रिमण्डल र सत्तारूढ लिबरल

खाडी क्षेत्रले सुरक्षा मामिलामा आत्मनिर्भर बन्नुपर्छ : कतार

एजेन्सी– खाडी राष्ट्रहरूले आफ्नो सुरक्षाका लागि संयुक्त राज्य अमेरिका वा

शेखर र पूर्णबहादुर गगनसँग नजिकिँदा बढ्यो देउवाको चुनौती

काठमाडौं- तत्कालीन सभापति शेरबहादुर देउवाका विश्वासपात्रमध्ये एक पूर्णबहादुर खड्का पछिल्लो

काठमाडौंमै खसी भन्दै टेपले टाँसेर बेचियो बाख्राको मासु

काठमाडौं– खसीको मासु भन्दै बाख्रीको मासु बेचेको आरोपमा काठमाडौंको रातोपुलबाट