सरकारी अस्पतालका स्वास्थ्यकर्मीले पाएनन् जोखिम भत्ता | Khabarhub Khabarhub

सरकारी अस्पतालका स्वास्थ्यकर्मीले पाएनन् जोखिम भत्ता


६ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– जिल्लास्थित दुई ठूला सरकारी अस्पतालमा कार्यरत् स्वास्थ्यकर्मीले साउनयता जोखिम भत्ता पाएका छैनन् ।

यहाँका भरतपुर अस्पताल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कोभिडको बिरामीको उपचार हुँदै आएका छन् । क्यान्सर अस्पतालमा यो समयमा न्यून बिरामी भए पनि भरतपुर अस्पतालमा भने नियमित बिरामी छन् । भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार साउनयता जोखिम भत्ता उपलब्ध हुन सकेको छैन । सरकारले वैशाखबाट ६ महिनाका लागि तलबको ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरेको थियो ।

सोही अनुरुप पहिलो तीन महिनाको जोखिम भत्ता आएको भए पनि पछिल्लोसमयको भत्ता नआएको उनले जानकारी दिए । भरतपुर अस्पतालले हालसम्म रु. ११ करोड ५० लाख संघीय सरकारबाट प्राप्त जोखिम भत्ता वितरण गरिसकेको छ । सुरुवाती चरणमा अस्पताल विकास समितिले रु. ६० लाख जोखिम भत्ता वितरण गरेको थियो ।

अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले अस्पतालमा कार्यरत् चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई असारसम्मको जोखिम भत्ता वितरण गरिएको भए पनि त्यसयता निकासा हुन नसकेको बताए । भरतपुर अस्पतालले नर्सिङ कार्यक्रममा कार्यरत् कर्मचारी बाहेक सबैलाई जोखिम भत्ता तलबको ५० प्रतिशत दिएको थियो ।

उनले भने, ‘जोखिममा काम गर्नेलाई सुविधा दिनुपर्छ । निकासाका लागि अनुरोध गरेका छौं ।’ विकास समितिले रकम थप गर्नु परे तयार रहेको भन्दै उनले जोखिममा काम गर्नेलाई प्रोत्साहन गर्नुपर्ने बताए । भरतपुर अस्पतालमा रहेका कर्मचारीलाई मासिक रु. दुई करोड २५ लाख बराबर तलब खर्च हुने गर्दछ । त्यसको आधा जोखिम भत्ता दिने गरिएको छ । क्यान्सर अस्पतालमा कोभिड वार्डमा कार्यरत् चिकित्सक कर्मचारीले पनि साउनयता भत्ता पाएका छैनन् ।

अस्पतालमा साउनयता कोभिड वार्ड रहेपनि खासै बिरामी बसेको पाइएन । कहिलेकाहीँ बिरामी आउने भएकाले कर्मचारी भने खटिएका अस्पतालले जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले गतसाल काम गर्नेलाई जोखिम भत्ता दिएको बताए । झण्डै रु. ३० लाख हाराहारी जोखिम भत्ता अस्पतालले वितरण गरेको जनाएको छ । गौतमले सरकारले भत्ता पठाएमा वितरण गर्ने बताए ।

अब फेरि संक्रमण बढेकाले पहिले काम गर्नेलाई भत्ता बाँड्न पाए काम लगाउन सहज हुने उनको भनाइ छ । निजी मेडिकल कलेजले पनि कोभिडमा काम गर्नेलाई प्रोत्साहनस्वरुप जोखिम भत्ता वितरण गर्दै आएका छन् । चितवन मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाका अनुसार त्यहाँ कोभिड वार्डमा काम गर्ने चिकित्सक कर्मचारीलाई दैनिक रु. एक हजार भत्ता दिइँदै आइएको छ । संक्रमणस्थलमा काम गर्ने सबैलाई भत्ता दिइएको उनले जानकारी दिए ।

सरकारी र निजीमा संक्रमणमा काम गर्ने चिकित्सक कर्मचारीलाई जोखिम भत्ता दिन नसक्दा काममा लगाउन अप्ठ्यारो हुने प्रशासकले बताएका छन् । अस्पतालसँगै स्वास्थ्य केन्द्रमा पनि संक्रमणमा काम गर्न चिकित्सक तथा स्वास्थ्यकर्मी बाध्य छन् । पालिकाले पनि संक्रमणमा काम गर्नेलाई भत्ता दिने गरेका छन् ।

प्रकाशित मिति : ६ माघ २०७८, बिहीबार  ५ : ५७ बजे

हेटौँडा–काठमाडौं यात्रामा वैकल्पिक सडक प्रयोग गर्न प्रहरीको आग्रह

मकवानपुर– हेटौँडा–कुलेखानी–फाखेल भएर काठमाडौं जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३

पहिरोले अवरुद्ध अरनिको राजमार्ग एकतर्फी सञ्चालन

धुलिखेल– अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–८ स्थित ५० किलोमा सडकमाथिबाट

खानेपानीमन्त्री यादवद्वारा भेडाहा खोला बाढी प्रभावित क्षेत्रको निरीक्षण

वीरगञ्ज– खानेपानीमन्त्री प्रदीप यादवले वीरगञ्ज महानगरपालिका–३१ मा रहेको भेडाहा खोला

पेसागत हतियार प्रदर्शन गर्दै मनाइयो ‘पाँय् न्ह्याकेगु’ जात्रा

भक्तपुर– विजयादशमीका अवसरमा आज भक्तपुरमा परम्परागत हतियार प्रदर्शन गर्दै ‘पाँय्

भारतीय राष्ट्रवादी कांग्रेस नेता बाबा सिद्दिकीको हत्या

काठमाडौं– भारतीय राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी)का नेता बाबा सिद्दिकीको हत्या