ट्याक्टर दुर्घटनाबाट एकको मृत्यु, दुई घाइते « Khabarhub

ट्याक्टर दुर्घटनाबाट एकको मृत्यु, दुई घाइते


६ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभानमा बिहीबार ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा मेरिङदेन गाउँपालिका-१ थिङलाबुका ४५ वर्षीय निमा शेर्पा (च्याब्जु) रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

मिक्वाखोला गाउँपालिकाको साँवा भन्ने ठाउँबाट दोभानतर्फ आउँदै गरेको मे१त ७४६१ नम्बरको ट्याक्टर दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । दुर्घटनाबाट गम्भीर घाइते भएका १८ वर्षीय सहसञ्चालक नाल्बुका सञ्जीव लिम्बूलाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको छ । चालक कृष्ण शेर्पा भने जिल्ला अस्पताल ताप्लेजुङमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

प्रकाशित मिति : ६ माघ २०७८, बिहीबार  ७ : ५४ बजे

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन्