कोरोना संक्रमण दर वृद्धिहुन थालेपछि अधिक जनसम्पर्क हुने कार्यालयमा छड्के « Khabarhub

कोरोना संक्रमण दर वृद्धिहुन थालेपछि अधिक जनसम्पर्क हुने कार्यालयमा छड्के


६ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– बाँकेमा कोरोना संक्रमणको दर वृद्धि हुन थालेपछि अत्यधिक जनसम्पर्क हुने कार्यालयमा जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र बाँकेले बिहीबार आकस्मिक छड्के जाँच गरेको छ ।

जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र बाँकेका संयोजकसमेत रहेका बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले जिल्लामा संक्रमण दर क्रमिक रूपले उकालो लाग्न थालेपछि अत्यधिक जनसम्पर्क हुने कार्यालयमा आकस्मिक छड्के सुरु गरिएको जानकारी दिए ।

उनले भने, ‘पछिल्लो साता यता संक्रमणको दर क्रमशः वृद्धि हुँदै आएकोले अत्यधिक जनसम्पर्क र भिडभाड हुने ठाउँमा स्वास्थ्यका मापदण्ड पालना भए नभएको मास्क स्यानिटाइजर जस्ता सामाग्रीको प्रयोग भए नभएको अनुगमनका क्रममा हेरिएको छ ।’

उनले बाँकेको मालपोत कार्यालय, नापी कार्यालय, आन्तरिक राजश्व कार्यालय र यातायात व्यवस्था कार्यालयको आकस्मिक छड्के गरिएको तथा मास्क नलगाउनेलाई चेतावनीसहित मास्क लगाउन निर्देशन दिइएको बताए । उनले संक्रमणबाट जोगिनको लागि स्वास्थ्यका मापदण्ड कडा पर्ने योजना केन्द्रको रहेको बताए ।

यसैगरी बाँकेमा बिहीबार १ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा १ सय ६७ जनाको पीसीआर परीक्षण गर्दा १ सय ७ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रले जनाएको छ ।

केन्द्रका फोकलपर्सन तेज वलीले दिएको जानकारी अनुसार बिहीबार भेरी अस्पतालमा ८६ जनाको नमुना जाँच गर्दा ७०, मेडिकल कलेज कोहलपुरमा ५२ जनाको नमुना जाँच गर्दा २२ र बागेश्वरी ल्याबमा २९ नमुना जाँच गर्दा १५ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएका मध्ये बाँकेका ७९ जना छन् । पछिल्लो दिनमा नेपालगन्जमा कोरोना सक्रमणको तीव्र बन्दै गएको छ । योसँगै जिल्लामा कुल संक्रमितको संख्या १८ हजार ९ सय २९ पुगेको छ । यस्तै बिहीबार थप १३ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार ९ सय पुगेको छ ।

प्रकाशित मिति : ६ माघ २०७८, बिहीबार  १० : ४४ बजे

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी

तस्करीमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौँ । रुपन्देहीमा तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको

फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकार सम्पन्न निकाय आवश्यकः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ

नेपालले घरेलु मैदानमा भारत ‘ए’सँग तीन खेलको टी–२० सिरिज खेल्ने

काठमाडौं – नेपालले यसै वर्ष घरेलु मैदानमा भारत ‘ए’ टोलीसँग