कोरोना संक्रमण दर वृद्धिहुन थालेपछि अधिक जनसम्पर्क हुने कार्यालयमा छड्के | Khabarhub Khabarhub

कोरोना संक्रमण दर वृद्धिहुन थालेपछि अधिक जनसम्पर्क हुने कार्यालयमा छड्के


६ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– बाँकेमा कोरोना संक्रमणको दर वृद्धि हुन थालेपछि अत्यधिक जनसम्पर्क हुने कार्यालयमा जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र बाँकेले बिहीबार आकस्मिक छड्के जाँच गरेको छ ।

जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र बाँकेका संयोजकसमेत रहेका बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले जिल्लामा संक्रमण दर क्रमिक रूपले उकालो लाग्न थालेपछि अत्यधिक जनसम्पर्क हुने कार्यालयमा आकस्मिक छड्के सुरु गरिएको जानकारी दिए ।

उनले भने, ‘पछिल्लो साता यता संक्रमणको दर क्रमशः वृद्धि हुँदै आएकोले अत्यधिक जनसम्पर्क र भिडभाड हुने ठाउँमा स्वास्थ्यका मापदण्ड पालना भए नभएको मास्क स्यानिटाइजर जस्ता सामाग्रीको प्रयोग भए नभएको अनुगमनका क्रममा हेरिएको छ ।’

उनले बाँकेको मालपोत कार्यालय, नापी कार्यालय, आन्तरिक राजश्व कार्यालय र यातायात व्यवस्था कार्यालयको आकस्मिक छड्के गरिएको तथा मास्क नलगाउनेलाई चेतावनीसहित मास्क लगाउन निर्देशन दिइएको बताए । उनले संक्रमणबाट जोगिनको लागि स्वास्थ्यका मापदण्ड कडा पर्ने योजना केन्द्रको रहेको बताए ।

यसैगरी बाँकेमा बिहीबार १ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा १ सय ६७ जनाको पीसीआर परीक्षण गर्दा १ सय ७ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रले जनाएको छ ।

केन्द्रका फोकलपर्सन तेज वलीले दिएको जानकारी अनुसार बिहीबार भेरी अस्पतालमा ८६ जनाको नमुना जाँच गर्दा ७०, मेडिकल कलेज कोहलपुरमा ५२ जनाको नमुना जाँच गर्दा २२ र बागेश्वरी ल्याबमा २९ नमुना जाँच गर्दा १५ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएका मध्ये बाँकेका ७९ जना छन् । पछिल्लो दिनमा नेपालगन्जमा कोरोना सक्रमणको तीव्र बन्दै गएको छ । योसँगै जिल्लामा कुल संक्रमितको संख्या १८ हजार ९ सय २९ पुगेको छ । यस्तै बिहीबार थप १३ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार ९ सय पुगेको छ ।

प्रकाशित मिति : ६ माघ २०७८, बिहीबार  १० : ४४ बजे

लुम्बिनी नेपालको मात्र नभई सम्पूर्ण मानवजातिका लागि शान्तिको प्रतीक : उपप्रधानमन्त्री सिंह

काठमाडौं- उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले गौतमबुद्धको जन्मस्थल लुम्बिनी

प्रचण्डले भने- ‘कुलिङ पिरियड’मा एमालेले अन्ततः म्याउ गर्‍यो, संशोधन प्रस्तावबाटै हाम्रो शंका पुष्टि

काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती

भक्तपुरको झौखेलका पाँच खानेपानी उद्योगलाई प्रतिबन्ध

भक्तपुर– चाँगुनारायण नगरपालिकाले झौखेलमा सञ्चालित पाँच वटा खानेपानी उद्योगमाथि प्रतिबन्ध

राष्ट्रपति पौडेलद्वारा गण्डकीका पूर्व प्रदेश प्रमुख गुरुङको निधनप्रति दुःख व्यक्त

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधनप्रति दुःख

कम्बोडिया–थाइल्याण्ड द्वन्द्व तेस्रो दिन पनि जारी, मृतकको सङ्ख्या बढ्दै

काठमाडौं– थाइल्याण्ड र कम्बोडियाबीच गत बिहीबार शुरु भएको तनाव तेस्रो