प्रतिनिधिसभा बैठक बस्दै : एमसीसी पेश गर्ने तयारी « Khabarhub

प्रतिनिधिसभा बैठक बस्दै : एमसीसी पेश गर्ने तयारी


८ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संघीय संसद्को प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद सचिवालयका अनुसार बैठक आइतबार दिउँसो १ बस्नेछ।

सचिवालयले शनिबार सार्वजनिक गरेको कार्यसूचीमा अमेरिकी सहायता परियोजना एमसीसी समावेश गरिएको छैन। तर, सत्ता गठबन्धनका दलले एमसीसीको विषयमा संसदमा छलफल हुनुपर्नेमा सहमति जनाएका छन्।

नेकपा (एकीकृत समाजवादी) पार्टीले संसदमा पेश गरेर छलफल गर्ने निर्णय गरेको छ। शनिबार बसेको स्थायी कमिटी बैठकपछि महासचिव डा. बेदुराम भुसालले सार्वजनिक गरेको विज्ञप्तिमा छलफलका लागि एमसीसी पेश गर्नुपर्ने उल्लेख गरिएको छ।

सत्ताको नेतृत्वकर्ता नेपाली कांग्रेसले यसअघि नै एमसीसी अनुमोदन गर्नुपर्ने निर्णय गरिसकेको छ। माओवादी केन्द्रसमेत संसदमा पेश गरेर छलफल गर्न तयार भएको नेताहरुले बताएका छन्।

दलहरु एमसीसी संसद्मा पेश गर्न तयार भए पनि संसद सचिवालयले गरेको सम्भावित कार्यसूचीमा एमसीसी उल्लेख छैन।

बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समावेशी आयोगको तेस्रो वार्षिक प्रतिवेदन आव २०७७/०७८ पेस गर्ने मात्र उल्लेख छ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ६ : ४४ बजे

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर

देउवाबाट गगनको निम्तो अस्वीकार, महाधिवेशनमा नजाने

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षको आजबाट सुरु

कांग्रेसको महाधिवेशनस्थल खुलामञ्च (तस्बिर)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको