‘मानवअधिकार उल्लङ्घनका घटनामा सुधार हुन सकेन ’ « Khabarhub

‘मानवअधिकार उल्लङ्घनका घटनामा सुधार हुन सकेन ’


८ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णालीमा मानवअधिकार उल्लङ्घन घटनामा कमी आए पनि यसको उल्लेख्य सुधार हुनसकेको छैन । अधिकार उल्लङ्घनमा ज्यादतिका घटना धेरै छन् ।

सन् २०२१ को तथ्याङ्कलाई हेर्दा कर्णालीमा एक वर्षमा ४३० त्यस्ता घटना घटेका थिए । मानवअधिकार उल्लङ्घनका कूल ४३० घटनामा ज्यादतिका धेरै छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशले शनिबार वीरेन्द्रनगर सुर्खेतमा सार्वजनिक गरेको वर्ष पुस्तक सन् २०२२ को तथ्याङ्कानुसार ३२० महिला र ७६ पुरुषमा गरी ३९६ ज्यादतिका घटनाबाट पीडित भएका छन् ।

त्यस्तै पीडित भएकामध्ये चार महिला र ३० पुरुष गरी ३४ पीडित रहेको इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका संयोजक नारायण सुवेदीले जानकारी दिए । यो तथ्याङ्कमा विगतभन्दा केही सुधार भएको इन्सेकले निष्कर्ष निकालेको छ । सन् २०२० मा मानवअधिकार उल्लङ्घनका घटनामा सात महिला र ५१ पुरुषसहित ५८ जना पीडित भएका थिए । उक्त वर्षमा ज्यादतिका घटनामा ३३२ महिला र ९४ पुरुषसहित ४२६ पीडित भएका थिए ।

इन्सेकको तथ्याङ्कलाई आधार मान्दा प्रदेशको मानवअधिकारमा सामान्य सुधार आए पनि कारागारमा मृत्यु हुने, परिवारबाटै भएका हत्या र धम्कीका घटना भने बढी दर्ता भएको पाइन्छ । जातीय विभेदका घटना भने धेरै भएको देखिन्छ । सन् २०२१ मा दुई जनाको कारागारमा मृत्यु, २० महिला र १४ पुरूष गरी ३४ जनाको हत्या भएको र धम्कीका घटनाबाट १२ पीडित भएको इन्सेकको अभिलेखमा पाइन्छ ।

मानवअधिकार उल्लङ्घनका घटनाबाट यहाँका ८३ बालिका र एक बालकसमेत पीडित भएका जनाइएको छ । उल्लङ्घनका घटनामा सबैभन्दा बढी महिला पीडित भएको देखिएको संयोजक सुवेदीले बताए । यसअन्तर्गत महिला हिंसाका घटनामा २०५, बलात्कारमा ८०, बलात्कार प्रयासका घटनामा छ र यौन दुव्र्यवहारका घटनामा २९ गरी ११५ जना पीडित रहेको उनको भनाइ थियो ।

उनका अनुसार जिल्लाका कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएकाले व्यवस्थापनमा समस्या भएको पाइएको छ । दश जिल्लाका कारागारको क्षमता ६८६ हुनुपर्नेमा सन् २०२१ को अन्त्यमा एक हजार ९८ कैदीबन्दी कारागारमा रहेको इन्सेको तथ्याङ्कमा उल्लेख छ । कैदीबन्दीले न्यूनतम मानवअधिकारको उपभोग गर्न नपाएको समेत प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ६ : ५५ बजे

काठमाडौंसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा

काठमाडौं – मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

एपीएफमा ७१ डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौं – सशस्त्र प्रहरी बल (एपीएफ)ले ७१ जना सशस्त्र प्रहरी

दाङमा चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ – दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

लुहान्स्क ‘पूर्ण रूपमा स्वतन्त्र’ भएको रूसी नेता पुटिनको दावी

मस्को – रुसी सेनाले लुहान्स्क पिपुल्स रिपब्लिकको ‘पूर्ण स्वतन्त्रता’ को

विश्वकप पावर र्‍याङ्किङमा स्पेन शीर्ष स्थानमा, अर्जेन्टिना तेस्रोमा झर्‍यो

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ चरण सुरु