एमसीसी संसदमा टेबल गर्ने/नगर्नेबारे गठबन्धनमा छलफल हुँदै « Khabarhub

एमसीसी संसदमा टेबल गर्ने/नगर्नेबारे गठबन्धनमा छलफल हुँदै


८ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एमसीसी सम्झौता संसद टेबल गर्ने/नगर्नेबारे निर्णायक छलफलका लागि सत्तारुढ गठबन्धनको बैठक आज बस्दै छ।

बैठक १० बजे बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बस्ने सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन्।

यसअघिक संसद बैठकमा एमसीसी टेबल गरे गठबन्धनबाट बाहिरिने निर्णय सत्ता साझेदार दलले गरेपछि सरकार पछि हटेको थियो।

आजको बैठकमा एमसीसी टेबल गर्ने र संसदबाटै निकास निस्कियोस् भन्ने प्रधानमन्त्री शेरबहादुर देउवाको धारणा छ तर माओवादी केन्द्र, एकीकृत समाजवादी जबर्जस्ति अघि बढ्न खोजे गठबन्धनमा बस्न नसक्ने बताइरहेका छन्।

जसपाले भने ठोस् निर्णय लिन सकेको छैन। अध्यक्ष यादव माओवादी लगायत दलहरूको निर्णय कुरिरहेका छन् भने संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पास गर्नुपर्ने पक्षमा छन्। गठबन्धनमा रहेको तर सरकारमा नगएको राष्ट्रिय जनमोर्चा पहिलेदेखिनै आन्दोलनमा छ।

गठबन्धनमै कुरा नमिल्दा पटक-पटक बसेका गठबन्धन र संसद बैठक निष्कर्षविहीन हुँदै आएको छ। गठबन्धनले सहयोग नगरे प्रमुख प्रतिपक्षी एमालेको साथ लिएर अगाडि बढ्ने विकल्पमा पनि उनले गृहकार्य गरिहेका छन्।

एमसीसीले दिएको समयसीमा फागुन १६ गते सकिँदैछ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ८ : १५ बजे

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौं– उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि भएको

काठ र दाउरा बिक्रीबाट करिब चार करोड आम्दानी

नारायणगढ– जिल्ला वन पैदावार आपूर्ति समितिले आर्थिक वर्ष २०८२-८३ मा

इजीजेटमा क्याबिन क्रूको आन्दोलन, फ्रान्सबाट १०० भन्दा बढी उडान रद्द

पेरिस-उडान तालिकामा बारम्बार परिवर्तन भएको भन्दै इजीजेटका क्याबिन क्रूले आन्दोलन

कङ्गोमाको इबोला प्रकोप तीव्र

एजेन्सी– लोकतान्त्रिक गणतन्त्र कङ्गोमामा चलिरहेको इबोला प्रकोप तीव्र रुपमा फैलिएर

अनलाइनमार्फत स्वास्थ्य बिमामा आबद्ध हुन सकिने

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले अनलाइनबाट बिमामा आबद्ध हुनसक्ने प्रक्रिया सुरु