रुसले सन् १९४५ पछिकै ठूलो युद्धको योजना बनाएको आशंका छ : बेलायत « Khabarhub

रुसले सन् १९४५ पछिकै ठूलो युद्धको योजना बनाएको आशंका छ : बेलायत


८ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लन्डन – बेलायती प्रधानमन्त्री बोरिस जोनसनले रुसले युरोपमा सन् १९४५ पछिकै ठूलो युद्धको योजना बुनिरहेको आरोप लगाएका छन् ।

बीबीसीसँगको एक अन्तर्वार्तामा प्रधानमन्त्री जोनसनले भने, ‘सबै संकेतहरू यस्ता छन् कि योजना केही अर्थमा सुरु भइसकेको छ ।’

रुसले राजधानी किभलाई घेरा हालेर युक्रेनमा आक्रमण गर्न खोजेको गुप्तचरले जानाकारी दिएको उनले बताए । ‘मानिसहरुले मानव जीवनको मूल्य बुझ्न आवश्यक छ,’प्रधानमन्त्रीले थपे ।

रुसी आक्रमण हुनै लागेको हो त भन्ने बीबीसीको जिज्ञासामा प्रधानमन्त्री जोनसनले भने, ‘मलाई डर छ, जसलाई प्रमाणले इंगित गरेको छ । ’ उनले अगाडि थपे, ‘तथ्य यो हो कि योजना पहिले नै केही इन्द्रियहरूमा सुरु भइसकेको छ ।’

करिव १ लाख ६९ हजारदेखि १ लाख ९० हजार रुसी सेना युक्रेनको सीमामा रहेको अमेरिकाले पछिल्लो पटक अनुमान गरेको छ । तर, यो तथ्यांकमा पूर्वी युक्रेनमा सरकारविरुद्ध विद्रोह गरिरहेका विद्रोही पनि पर्छन् ।

रसियाले जुनसुकै बेला युक्रेनमा हमला गर्न सक्ने पश्चिमा मुलुकहरुले सावधानी दर्शाउँदै आएका छन् तर, रसियाले ती देशको दाबी अस्वीकार गर्दै आएको छ । आफूहरुलै सैन्य अभ्यास गरेको रुसको भनाई छ ।

‘मलाई यो भन्न डर छ की जुन योजना हामीले देखिरहेका छौ, त्यो वास्तवमा आकारका हिसावल युरोपमा सन् १९४५ पछिकै ठूलो युद्ध हुन सक्छ,’ जोनसनले भने । युक्रेनको सम्भावित हानीबारे मात्र नभएर मानिसहरुले युवा रसियालीको बारेमा पनि सोच्नुपर्ने आवश्यकता भएको उनले बताए ।

अमेरिकी राष्ट्रपति जोन बाइडेनले रसियाली फौज युक्रेनको पूर्वी क्षेत्र र विद्रोहीको पकड रहेको दोनबासबाट मात्र नभई बेलारुसको तल्लो भाग र राजधानी किभ वरपरको क्षेत्रबाट युक्रेन प्रवेश गर्ने योजनामा रहेको पश्चिमा नेताहरुलाई जानाकारी दिएकोसमेत प्रधानमन्त्री जोनसनले बताए । बाइडेनले गुप्तचर सूचनाका आधारमा पश्चिमेली देशका नेताहरुलाई सो जानाकारी दिएका थिए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ९ : १२ बजे

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको

महालक्ष्मीको १६ दिने व्रत समापन

काठमाडौँ– भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली