विद्यालयको सूचना प्रविधि प्रयोगशालामा आगजनी « Khabarhub

विद्यालयको सूचना प्रविधि प्रयोगशालामा आगजनी


८ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मलङ्गवा – बसबरिया गाउँपालिका–४ धनगढास्थित श्री पञ्चायत आर्दश माध्यमिक विद्यालयको सूचना प्रविधि प्रयोगशालामा अज्ञात समूहले शनिबार आगजनी गरेको छ ।

ढोकाको ताल्चा फुटाइ गरिएको आगजनीबाट २४ कम्प्युटर जलेर क्षति पुगेको प्रहरीले जनाएको छ । ती कम्प्युटरमध्ये सातवटा पूर्णरूपमा जलेको छ भने अन्यमा आंशिक क्षति पुगेको छ । आगजनी गर्ने समूहले केही थान मोनिटरलगयत केही उपकरणसमेत चोरेर लगेको प्रहरीले जनाएको छ ।

यसअघि विसं २०७० मा पनि विद्यालयको कार्यालयमा आगजनी गरिएको थियो । साथै एकपटक तल्चा फुटाएर विद्यालयको अफिसमा चोरीसमेत हुँदा विद्यालय प्रशासनले सुरक्षामा कुनै चासो नलिएको स्थानीयवासीको आरोप छ ।

घटना सम्बन्धमा आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरी निरीक्षक नरेन्द्रकुमार मैरवैताले जानकारी दिए । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणको सहकार्यमा दुई वर्षअघि सो विद्यालयमा सूचना प्रविधि प्रयोगशालाको स्थापना गरिएको थियो । प्रयोगशाला स्थापनाका लागि २४ कम्प्युटरलगायत आवश्यक उपकरणका साथै विभिन्न सामग्री विद्यालयाई हस्तातरण गरिएको थियो ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ९ : २८ बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार