धमाधम रोयल्टी बुझाउँदै क्यासिनो सञ्चालक « Khabarhub

धमाधम रोयल्टी बुझाउँदै क्यासिनो सञ्चालक


८ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले रोयल्टी नतिर्ने केही क्यासिनोको लाइसेन्स खारेज गर्नाका साथै अन्यको पनि खारेज हुने चेतावनी दिएसँग अहिले क्यासिनो सञ्चालकले धामाधम रोयल्टी तिर्न थालेका छन् ।

पर्यटन विभागका अनुसार हाल सम्म कम्तिमा पनि १७ कम्पनीले रोयल्टी तिर्नु पर्ने बक्यौता बुझाएका छन् । सेन्ट्रल मिडिया प्रालिले रु पाँच करोडमध्ये रु चार करोड बक्यौता बुझाएसँगै हाल सम्म सरकारको खातामा रु ७६ करोड ४५ लाख राजस्व सङ्कलन भएको पर्यटन विभागका होटल तथा क्यासिनो हेर्ने अधिकृत खेमराज जोशीले बताए ।

उनले भने, ‘रोयल्टी नतिर्ने क्यासिनोको लाइसेन्स खारेज गर्नु भन्ने मन्त्रीज्यूको आदेशपछि, अहिले क्यासिनो सञ्चालकले धमाधम रोयल्टी तिर्दैछन् करोडौँ रकम जम्मा भएको छ ।’ उनका अनुसार अब सरकारलाई क्यासिनो सञ्चालकहरुले तिर्नुपर्ने जम्मा रकम रु एक अर्ब ११ करोड ८४ लाख ४७ हजार मात्रै रहेको छ ।

यसैगरी मन्त्री आलेकै निर्देशनमा क्यासिनोको रोयल्टी वर्षौंसम्म पनि नतिर्ने काठमाडौँको दरबारमार्गमा रहेको होटल याक एन्ड यतीको लाइसेन्स खारेज गरिएपछि अहिले अन्य क्यासिनो सञ्चालकले रकम तिर्न सुरु गरेको विभागको दाबी छ । मन्त्री आलेकै निर्देशनपछि विभागले रोयल्टी नतिर्ने क्यासिनो सञ्चालकको तीनपुस्ते विवरणसमेत सार्वजनिक गरेको छ ।

अब छ कम्पनीले रोयल्टी नवीकरण दस्तुर बुझाउन बाँकी रहेको विभागले जनाएको छ । त्यसमध्ये एसएचएल म्यानेजमेन्ट सर्भिसेज प्रालिको दुईवटा होटलमा गरेर रु १४ करोड बाँकी रहेको र उक्त होटलको बैंक जमानत रहेकाले असुलउपर गर्न समस्या नरहेको पर्यटन विभागका होटल तथा क्यासिनो हेर्ने अधिकृत जोशीले जानकारी दिए ।

यसैगरी सेन्ट्रल मिडिया प्रालिले रु १८ करोड ९० लाख, ह्याप्पी आवर प्रालि, होटल याक एन्ड यति (क्यासिनो रोयल), रक इन्टरनेशनल, ओरियन्टल होटल्ससमेत गरी जम्मा रु एक अर्ब ११ करोड रुपैयाँ उठ्न बाँकी रहेको जनाइएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  २ : ४५ बजे

कालीगण्डकी तटमा एक सय आठ तुलसी रोपिए

गण्डकी– धार्मिक महत्व बोकेको कालीगण्डकी नदी तटको निरयघाटमा हरिशयनी एकादशीका

अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकले लोपोन्मुख सम्पदाको जगेर्ना गर्नेछ : सभामुख अर्याल

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’

तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव भेटियो

काठमाडौं- काठमाडौंको तारकेश्वर नगरपालिका–१ स्थित कालेबासे क्षेत्रमा पार्किङ गरिएको विद्युतीय कारभित्र

माछाका भुरा र खाने माछा बिक्रीबाट मत्स्य विकास केन्द्रको राजस्व बढ्यो

नेपालगञ्ज– बाँकेको राप्तीसोनारी गाउँपालिका–८ शम्शेरगञ्जस्थित मत्स्य विकास केन्द्रले माछाका भुरा

जेन-जी आन्दोलनका क्रममा कारागारबाट फरार माझी पक्राउ

जनकपुरधाम– गत भदौमा भएको ‘जेन-जी’ आन्दोलनका क्रममा रौतहटको गौर कारागारबाट