श्रमिकको न्यूनतम पारिश्रमिक १५ सय रिंगेट पुर्‍याउने घोषणा « Khabarhub

श्रमिकको न्यूनतम पारिश्रमिक १५ सय रिंगेट पुर्‍याउने घोषणा


६ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – नेपाली श्रमिकहरुको प्रमुख गन्तब्य रहेको मलेसियाले श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्ने घोषणा गरेको छ ।

मलेसियाका प्रधानमन्त्री दातुक सेरी इस्माइल साबरी याकोबले आगामी १ मेदेखि श्रमिकको न्यूनतम पारिश्रमिक १५ सय रिंगेट बनाउने घोषणा गरेका छन् ।

मानिसहरुको जीवनयापनको लागतमा भएको बृद्धि र यसको प्रभावको बारेमा सरकार सचेत रहेको भन्दै न्यूनतम पारिश्रमिक बढाउन लागिएको प्रधानमन्त्री साबरीले बताए ।

गभर्नमेन्ट-लिङ्क्ड कम्पनीहरू (जिएलसी)को ओपन डे २०२२ को शुभारम्भ गर्ने क्रममा उनले निजी क्षेत्रका कम्पनीहरूलाई पनि आफ्ना श्रमिकलाई सो न्यूनतम रकम प्रदान गर्न आग्रह गरेका छन् ।

जिएलसी र सरकार-सम्बन्धित लगानी कम्पनीहरू (जिएलआइसी) लाई आफ्ना स्थायी कर्मचारीहरूलाई कम्तिमा १५ सय रिंगेट पारिश्रमक भुक्तानी गर्न आह्वान गर्दै उनले अन्य कर्पोरेट संस्थाहरूलाई पनि सोही अनुसार प्रोत्साहित गरिने बताए ।

हाल मलेसियामा न्यूनतम पारिश्रमिक १२ सय रिंगेट छ। यो व्यवस्था १ फेब्रुअरी, २०२० मा तय गरिएको थियो। मलेसिया सरकारले न्यूनतम पारिश्रमिक १ हजार ५ सय रिंगेट बनाउने घोषणासँगै त्यहाँ कार्यरत लाखौँ नेपाली श्रमिक पनि लाभान्वित हुने भएका छन् ।

हाल मलेसियामा विभिन्न क्षेत्रमा गरी करिब चार लाखको हाराहारीमा नेपालीहरू कार्यरत छन् ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ७ : २६ बजे

वाग्मती सफाइ महाअभियान ७०० औँ हप्तामा

काठमाडौं– चौध वर्षअघिदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान ७००औँ हप्तामा

भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र

भोजपुर– भौतिक तथा पर्यटकीय संरचना निर्माणले भोजपुरको च्याङ्ग्रे पोखरी र

नागरिकको विश्वास जित्नेगरी पार्टीलाई रूपान्तरण गर्ने सभापति थापाको प्रतिबद्धता

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले नागरिकको विश्वास जित्नेगरी

भारतमा दर्जनौँ विपक्षी नेता, सयौँ प्रदर्शनकारी पक्राउ

काठमाडौं- भारतमा दर्जनौँ विपक्षी नेताहरु पक्राउ परेका छन् । प्रमुख

सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ

नारायणगढ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सकारात्मक समन्वयका