गठबन्धन होला र चुनाव जितौँला भन्ने होइन आफ्नै खुट्टामा उभिने हो : प्रचण्ड « Khabarhub

गठबन्धन होला र चुनाव जितौँला भन्ने होइन आफ्नै खुट्टामा उभिने हो : प्रचण्ड


६ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा गठबन्धन होला र चुनाव जितौँला भन्ने नठान्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

आज पोखरा पुगेका प्रचण्डले बिहान पत्रकार भेटघाटमा माओेवादीले जनतासँगको सम्बन्ध सुदृढ गरेर चुनाव जित्नुपर्ने बताएका हुन् ।

अहिले नेपालको राजनीति दुई धुव्रको विभाजित भएको भन्दै उनले एकातिर लोकतान्त्रिक गणतन्त्र विरोधी र अर्कोतिर यसको पक्षमा दलहरू उभिएको बताए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीतर्फ लक्षित गर्दै प्रचण्डले भने, ‘पटक पटक संसद् विघटन गरियो, अहिले फेरि संसद्को काम छैन भन्ने पार्नलाई लगातार अवरोध जारी राखिएको छ, यसकै विरुद्धमा हामीले गठबन्धन गरेका हौँ।’

वैशाख ३० गते घोषित स्थानीय तहको निर्वाचन नहुने कुनै कारण नदेखेको भन्दै उनले चुनावको तयारीमा जुट्न नेता कार्यकर्तालाई निर्देशन दिएका हुन्।

आठौँ राष्ट्रिय महाधिवेशनको निर्णय र पहिलो बैठकले गरेका बैठकबारे जानकारी दिन पार्टी प्रशिक्षण कार्यक्रम देशभर चलाइरहेको बताए ।
प्रचण्ड हिजो सिन्धुलीमाढी पुगेका थिए ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ८ : ४० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै