गठबन्धन होला र चुनाव जितौँला भन्ने होइन आफ्नै खुट्टामा उभिने हो : प्रचण्ड « Khabarhub

गठबन्धन होला र चुनाव जितौँला भन्ने होइन आफ्नै खुट्टामा उभिने हो : प्रचण्ड


६ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा गठबन्धन होला र चुनाव जितौँला भन्ने नठान्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

आज पोखरा पुगेका प्रचण्डले बिहान पत्रकार भेटघाटमा माओेवादीले जनतासँगको सम्बन्ध सुदृढ गरेर चुनाव जित्नुपर्ने बताएका हुन् ।

अहिले नेपालको राजनीति दुई धुव्रको विभाजित भएको भन्दै उनले एकातिर लोकतान्त्रिक गणतन्त्र विरोधी र अर्कोतिर यसको पक्षमा दलहरू उभिएको बताए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीतर्फ लक्षित गर्दै प्रचण्डले भने, ‘पटक पटक संसद् विघटन गरियो, अहिले फेरि संसद्को काम छैन भन्ने पार्नलाई लगातार अवरोध जारी राखिएको छ, यसकै विरुद्धमा हामीले गठबन्धन गरेका हौँ।’

वैशाख ३० गते घोषित स्थानीय तहको निर्वाचन नहुने कुनै कारण नदेखेको भन्दै उनले चुनावको तयारीमा जुट्न नेता कार्यकर्तालाई निर्देशन दिएका हुन्।

आठौँ राष्ट्रिय महाधिवेशनको निर्णय र पहिलो बैठकले गरेका बैठकबारे जानकारी दिन पार्टी प्रशिक्षण कार्यक्रम देशभर चलाइरहेको बताए ।
प्रचण्ड हिजो सिन्धुलीमाढी पुगेका थिए ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ८ : ४० बजे

मधेस प्रदेशको पहिलो पेफा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, समग्र प्राप्ताङ्क ‘डी प्लस’

काठमाडौं– मधेस प्रदेश सरकारले प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीको मूल्याङ्कन

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

काठमाडौं– रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन

बाढीपहिरोले राष्ट्रिय विद्युत् प्रणालीमा १ हजार मेगावाट उत्पादन अवरुद्ध : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यस वर्षको बाढी

प्रसाईं पक्राउबारे ज्ञानेन्द्र शाही : जिबीलाई पक्रेको भए जनताको ९ अर्ब फिर्ता हुन्थ्यो

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले

‘मर्स्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन’

काठमाडौं– मनाङको चामेमा पहिरो खसेर मर्स्याङ्दी नदी आंशिक रूपमा थुनिए