युक्रेनी ब्यारेकमा रुसी आक्रमण, १ सय जना हताहत भएको अनुमान « Khabarhub

युक्रेनी ब्यारेकमा रुसी आक्रमण, १ सय जना हताहत भएको अनुमान


६ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दक्षिणी युक्रेनमा सेनाको ब्यारेकमा भएको हमलामा १०० जनाको हताहत भएको अनुमान गरिएको छ । युक्रेनको दक्षिणी माइकोलिभ शहरस्थित ब्यारेकमा भएको रुसी हमलामा १०० को हताहत भएको हुनसक्ने साक्षी र अधिकारीहरूलाई उद्धृत गर्दै एएफपीले जनाएको छ । समाचारमा जनाइएअनुसार सो क्षेत्रमा ६ ओटा रकेटहरू प्रहार भएका थिए  ।

‘एउटा विशाल बिस्फोट’, एक स्थानीय निकोलाईले एएफपीलाई भने । बिस्फोटले सो क्षेत्रका धेरै भवनहरु क्षतिग्रस्त बनेका छन् । ‘ब्यारेकमा कमसेकम २०० सैनिक थिए’, २२ वर्षीय म्याक्सिमले भने । ब्यारेक नजिकै रहेका म्याक्सिन विनाशको मात्रा देखेर त्रसित छन् । 

‘कम्तीमा ५० शवहरु निकालिएका छन् । तर, भग्नावशेषमुनि कति छन् थाहा छैन’, उनले भने । अर्का सिपाही येभगेनीका अनुसार ब्यारेक हमलामा १०० जना मारिएका हुन सक्छन् । मृत्युबारे अहिलेसम्म आधिकारिक भनाइ सार्वजनिक भएको छैन ।

युक्रेनी अधिकारीहरूका अनुसार ओडेसाको प्रमुख रणनीतिक सैन्य बन्दरगाहको ‘ढाल’ को रूपमा वर्णन गरिएको माइकोलिभले रूसी आक्रमणको प्रतिरोध गर्दै आएको थियो ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ११ : ३३ बजे

नेपालमा प्रत्येक वर्ष रेबिजबाट एक सय जनाको जान्छ ज्यान

काठमाडौं– नेपालमा रेबिज रोगका कारण प्रत्येक वर्ष करिब १ सय

नेप्से परिसूचक १६.४७ अंकले घट्यो

काठमाडौं- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज १६.४७ अङ्कले

समावेशी आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश

काठमाडौं– राष्ट्रिय समावेशी आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख खड्कालाई मानव अधिकार आयोगको बोलावट

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका

प्राधिकरणको प्रष्टीकरण- राहुघाट जलविद्युत आयोजना सञ्चालनमा आउन १० दिन लाग्छ

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले असोज ९ गतेदेखिको अविरल वर्षाका कारण