मनाइँदै विश्व मुख स्वास्थ्य दिवस  « Khabarhub

मनाइँदै विश्व मुख स्वास्थ्य दिवस 


६ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज विश्व मुख स्वास्थ्य दिवस। दाँतको सफाइ तथा मुख स्वास्थ्यको विषयमा विभिन्न सचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ । यस वर्ष ‘आआफ्नो मुखप्रति गर्व गरौँ’ भन्ने नाराका साथ विश्व मुख स्वास्थ्य दिवस मनाइँदै छ ।

शरीरभित्र प्रवेश गर्ने खानेकुराको प्रवेशद्वार नै मुख हो। शरीरका सम्पूर्ण अंगहरुलाई स्वस्थ र सुचारु राख्नका लागि पनि खानेकुरा र पौष्टिक तत्वहरु मुखबाटै खाने गरिन्छ। पेटमा कुनै स्वास्थ्य समस्या भएमा वा अन्य रोग लागेमा औषधि सेवन गर्ने पनि मुखबाटै हो। तर मुख नै स्वस्थ राख्न सकिएन भने शरीर पनि स्वस्थ रहन सक्दैन।

दाँत तथा मुखको स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने वरिष्ठ दन्तचिकित्सक डा हरिश जोशीले बताए । नियमित सुर्तीजन्य पदार्थको सेवन गर्दा दाँत तथा गिजामा दाग बस्ने र पछि मुखको क्यान्सर समेत हुनसक्छ । डा जोशीकाअनुसार बिहान र बेलुका नियमित दाँत माझ्दा मुख तथा दाँत सम्बन्धी धेरै रोगहरूलाई नियन्त्रण गर्न सकिन्छ ।

अधिकांश नेपालीहरूलाई बिहान बेलुका खाना खाए पछि दाँत माझ्नुपर्छ भन्ने ज्ञान नभएको र दाँत माझ्ने तरिका थाहा नभएको उनले बताए ।

दाँत तथा मुखमा देखिने समस्या 

– दाँतमा किरा लाग्ने।
– दाँत खिइने।
– दाँत हल्लिने।
– दाँत सिरिङ सिरिङ हुने।
– गिजा सुन्निने ।
– गिजाबाट रगत बग्ने।
– मुखभित्र घाउ खटिरा आउने।

मुख तथा दाँतलाई स्वस्थ राख्ने तरिका

–बिहान खाना खाइसकेपछि र बेलुका खाना खाइसकेपछि एक पटकमा तीन मिनेटसम्म ब्रस गर्ने।

–दाँत माझ्दा नरम ब्रसको प्रयोग गर्नुपर्छ।

–दाँत माझ्दा फ्लोराइडयुक्त मञ्जनको प्रयोग गर्नुपर्छ।

–मञ्जन प्रयोग गर्दा साना बालबालिकाका लागि सानो केराउको दाना जतिकै मात्रामा प्रयोग गर्ने।

–ठुला व्यक्तिका लागि ठुलो केराउको दाना जतिकै मात्रामा मञ्जन प्रयोग गर्ने।

–दाँत माझ्दा मुखभित्रको अगाडि पछाडिको दाँत, तल माथिको दाँत, जिब्रो र जिब्रोभन्दा माथिको भागलाई पनि राम्रोसँग सफा गर्नुपर्छ।

–सुर्तीजन्य पदार्थको प्रयोग नगर्ने।

–अत्यधिक मात्रामा चिसो पदार्थ सेवन नगर्ने।

–चकलेट वा गुलियो पदार्थ खाइसकेपछि अनिवार्य मुख कुल्ला गर्ने।

–दाँतमा खानेकुरा अड्किएमा साफा पानीले मुख कुल्ला गर्ने।

–ढुङ्गा, तार वा कुनै पनि कडा वस्तु वा धातु नटोक्ने।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  १२ : ०५ बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी