मनाइँदै विश्व मुख स्वास्थ्य दिवस  | Khabarhub Khabarhub

मनाइँदै विश्व मुख स्वास्थ्य दिवस 


६ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज विश्व मुख स्वास्थ्य दिवस। दाँतको सफाइ तथा मुख स्वास्थ्यको विषयमा विभिन्न सचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ । यस वर्ष ‘आआफ्नो मुखप्रति गर्व गरौँ’ भन्ने नाराका साथ विश्व मुख स्वास्थ्य दिवस मनाइँदै छ ।

शरीरभित्र प्रवेश गर्ने खानेकुराको प्रवेशद्वार नै मुख हो। शरीरका सम्पूर्ण अंगहरुलाई स्वस्थ र सुचारु राख्नका लागि पनि खानेकुरा र पौष्टिक तत्वहरु मुखबाटै खाने गरिन्छ। पेटमा कुनै स्वास्थ्य समस्या भएमा वा अन्य रोग लागेमा औषधि सेवन गर्ने पनि मुखबाटै हो। तर मुख नै स्वस्थ राख्न सकिएन भने शरीर पनि स्वस्थ रहन सक्दैन।

दाँत तथा मुखको स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने वरिष्ठ दन्तचिकित्सक डा हरिश जोशीले बताए । नियमित सुर्तीजन्य पदार्थको सेवन गर्दा दाँत तथा गिजामा दाग बस्ने र पछि मुखको क्यान्सर समेत हुनसक्छ । डा जोशीकाअनुसार बिहान र बेलुका नियमित दाँत माझ्दा मुख तथा दाँत सम्बन्धी धेरै रोगहरूलाई नियन्त्रण गर्न सकिन्छ ।

अधिकांश नेपालीहरूलाई बिहान बेलुका खाना खाए पछि दाँत माझ्नुपर्छ भन्ने ज्ञान नभएको र दाँत माझ्ने तरिका थाहा नभएको उनले बताए ।

दाँत तथा मुखमा देखिने समस्या 

– दाँतमा किरा लाग्ने।
– दाँत खिइने।
– दाँत हल्लिने।
– दाँत सिरिङ सिरिङ हुने।
– गिजा सुन्निने ।
– गिजाबाट रगत बग्ने।
– मुखभित्र घाउ खटिरा आउने।

मुख तथा दाँतलाई स्वस्थ राख्ने तरिका

–बिहान खाना खाइसकेपछि र बेलुका खाना खाइसकेपछि एक पटकमा तीन मिनेटसम्म ब्रस गर्ने।

–दाँत माझ्दा नरम ब्रसको प्रयोग गर्नुपर्छ।

–दाँत माझ्दा फ्लोराइडयुक्त मञ्जनको प्रयोग गर्नुपर्छ।

–मञ्जन प्रयोग गर्दा साना बालबालिकाका लागि सानो केराउको दाना जतिकै मात्रामा प्रयोग गर्ने।

–ठुला व्यक्तिका लागि ठुलो केराउको दाना जतिकै मात्रामा मञ्जन प्रयोग गर्ने।

–दाँत माझ्दा मुखभित्रको अगाडि पछाडिको दाँत, तल माथिको दाँत, जिब्रो र जिब्रोभन्दा माथिको भागलाई पनि राम्रोसँग सफा गर्नुपर्छ।

–सुर्तीजन्य पदार्थको प्रयोग नगर्ने।

–अत्यधिक मात्रामा चिसो पदार्थ सेवन नगर्ने।

–चकलेट वा गुलियो पदार्थ खाइसकेपछि अनिवार्य मुख कुल्ला गर्ने।

–दाँतमा खानेकुरा अड्किएमा साफा पानीले मुख कुल्ला गर्ने।

–ढुङ्गा, तार वा कुनै पनि कडा वस्तु वा धातु नटोक्ने।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  १२ : ०५ बजे

लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित

काठमाडौं– नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी

किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह

काठमाडौं– सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली

संसदीय छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक जारी

काठमाडौं– सहारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन

सभामुखले दलका मुख्य सचेतकसँग छलफल गर्दै

काठमाडौं– प्रतिनिभिसभाका सभामुख देवराज घिमिरेले संसद सञ्चालनका विषयमा दलका प्रमुख

कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१२ भएर बग्ने वनहरा नदीमा २५ करोडको लागतमा