उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख खड्कालाई मानव अधिकार आयोगको बोलावट « Khabarhub

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख खड्कालाई मानव अधिकार आयोगको बोलावट


१२ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष खड्कालाई बयानका निमित्त बोलाएको छ ।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई नियन्त्रणमा लिइएको अवस्थामा आइतबार भेटघाट गर्न रोक लगाइएपछि आयोगले सोमबार पत्राचार गर्दै उनलाई उपस्थित हुन निर्देशन दिएको हो । आयोगका अनुसार एसएसपी खड्कालाई असोज १३ गते मंगलबार उपस्थित हुनका लागि पत्र काटिएको छ ।

आयोगको टोलीलाई हिरासत अनुगमन गर्न रोक लगाइएको विषयमा उनीसँग स्पष्टीकरण लिने तयारी भइरहेको छ । यसअघि आइतबार आयोगका सदस्य मनोज दुवाडीको नेतृत्वमा गएको तीन सदस्यीय टोली पूर्वप्रधानन्यायाधीश जबरालाई भेट्न पुग्दा प्रहरीले भेट्न नदिएपछि रित्तै फर्किएको थियो ।

सुरक्षा थ्रेटको कारण देखाउँदै उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार बिहानै जबरालाई महाराजगञ्जस्थित निवासबाट नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार  ४ : ३४ बजे

बाढीपहिरोले राष्ट्रिय विद्युत् प्रणालीमा १ हजार मेगावाट उत्पादन अवरुद्ध : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यस वर्षको बाढी

प्रसाईं पक्राउबारे ज्ञानेन्द्र शाही : जिबीलाई पक्रेको भए जनताको ९ अर्ब फिर्ता हुन्थ्यो

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले

‘मर्स्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन’

काठमाडौं– मनाङको चामेमा पहिरो खसेर मर्स्याङ्दी नदी आंशिक रूपमा थुनिए

वर्षा र बाढीपछि कस्तो छ जलविद्युत क्षेत्रको अवस्था ?

काठमाडौं– असोज ९ गतेदेखिको अविरल वर्षाका कारण देशका विभिन्न विद्युतीय

तीनवटा क्रेनको सहायताले निकालियो नारायणी पुलमा अड्किएको क्रुजसिप (तस्बिरहरू)

काठमाडौं– नारायणी नदीको बाढीले बगाएर पुलमा गएर अड्किएको राइनो क्रुजसिपलाई