छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु « Khabarhub

छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु


६ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संखुवासभा, सल्यान, बैतडी, पर्सा र कञ्चनपुरका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।

संखुवासभाको चैनपुर नगरपालिका–११ गहतेमा को.२ त ४२९४ नम्बरको ट्रयाक्टर शनिबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक सोही नगरपालिका–३ पोखरी बस्ने २४ वर्षीय बिनाहाङ लिम्बु रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको मनकामना अस्पताल तुम्लिङटारमा उपचारको क्रममा मृत्यु भएको हो ।

सल्यानको शारदा नगरपालिका–१ पट्नेरीमा रा.४ प ९१७१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने २५ वर्षीय दिपेश डाँगीको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको कर्णाली अस्पताल श्रीनगर हुँदै  राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका मोटरसाइकल चालक सितलपाटी बस्ने २६ वर्षीय निरज सिंहको कर्णाली अस्पताल श्रीनगरमा उपचार भइरहेको छ । बैतडीको दशरथ चन्द नगरपालिका–१० भाटलामा सु.प.प्र ०१– ०० २ त ५५९८ नम्बरको ट्रयाक्टर शनिबार राति दुर्घटना हुँदा चालक अर्जुन थारुको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

पर्साको ठोरी गाउँपालिका–३ मा प्रदेश २–०३–००१ ह ६२८ नम्बरको अटो दुर्घटना हुँदा चालकको मत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका–४ बस्ने ३५ वर्षीय वीर बहादुर बिश्व कर्मा रहेका छन् । उनको आइतबार बिहान घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका अटोमा सवार अन्य ३ जनालाई उपचारका लागि सोही गाउँपालिका–५ स्थित उन्नति मेडिकल सुवर्णपुर पठाइएको छ ।

कञ्चनपुरको बेलौरी नगरपालिका–२ बैजु डाँडामा से.२ प ९६३० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक हस्ते चौधरीको मृत्यु भएको छ । शुक्रबार साँझ भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको माया मेट्रो अस्पताल धनगढी कैलालीमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  १ : १३ बजे

चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

नारायणगढ – भरतपुरस्थित कारागार कार्यालय चितवनमा रहेका ७६१ बन्दीमध्ये ६९ जना

शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि रसियाका राजदूत

प्रतिनिधिसभा : सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकले ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र

बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

काठमाडौं– असोजः सांसदहरूले लगातारको वर्षाका कारण विभिन्न जिल्लामा भएको बाढीपहिरोबाट प्रभावितको

बीपी राजमार्ग खोल्न अवरोध हटाउने कार्य जारी

काठमाडौं– पहिरो र बाढीका कटानका कारण अवरुद्ध बीपी राजमार्गलाई खुलाउनका